123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:29 PM
0


२०६९-११-२९ 
फिल्मी अपडेट ,काठ्माण्डौ 

प्राबिधिक समस्याका कारण चैत २३ गते प्रदर्शन हुने भयो नेपालको पहिलो थ्री डि फिल्म "भिजिलान्ते"
नेपालमा पहिलो पटक थ्री डि निर्माण गरिएको नेपालि कथानक चलचित्र 'भिजिलान्ते' को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । चलचित्रमा अझ पनि कम गर्नु पर्ने बाँकी रहेकोले निर्माण पक्ष्यले चलचित्रको प्रदर्शन मिति चैत ९ बाट सारेर चैत २३ गतेका लागि पुराएको छ ।

चलचित्रको समपुर्ण काम सकेपछि थ्री डि बक्सिङ्ग को लागि भारत लगिनु पर्ने भएकोले हाल सम्म नि फिल्मको काम नसकेकोले प्रदर्शन मितिमा हेरेफेर गर्नुपरेको बताऊछन निर्माण पक्ष्य ।


उनले भने- 'पहिलो पटक नयाँ प्रबिधिमा काम गर्दा समस्या आउनु स्वाभाविक हो । अहिले फाईलमा केहि समस्या देखिएको छ त्यसैले समयमा रिलिज गर्न नसकिएला भन्ने डरले सारेको हुँ ।' फिल्म भिजिलान्ते सरेपछि चैत्र ९ मा रिलिज हुने फिल्म मञ्जरीको भाग्य खुलेको छ ।

सेन्सर बोर्ड बाट पिजी सर्टिफिकेट पाएको चलचित्र हो  'भिजिलान्ते' । शान बस्न्यातको स्क्रिप्टमा फिल्ममा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले महत्वापुद भुमिका निर्वाह गरेका छन् । भिजिलान्ते फिल्मलाई यस अगाडी चपली हाईट निर्देशन गरेका निर्देशक  दीपेन्द्र के खनालले निर्माण तथा निर्देशन गरेका हुन् ।

अस्लेशा इन्टरटेनमेन्टमा थ्रीडी प्रविधिमै दीर्घ खड्काले सम्पादन गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् त्यस्तै द्धन्द सूर्य थोकरको रहेको छ । फिल्ममा सुरेश राईको संगीत सुन्न सकिन्छ ।

0 comments: