२०६९-११-२५
फिल्मी अपडेट ,बुटवलचलचित्र "अप्रिल फुल"को हट शिन / बुटवलमा च्यारिटी हुँदै
चलचित्र "अप्रिल फुल" ले आज बुटवलको मुर्गियामा च्यारिटी शो गर्ने भएको छ । अहिले बिहान नौ बजे देखि सुरु गरिने च्यारिटी शो को लागि कलाकार र निर्माण टोलि हिजै बुटवल पुगिसकेका छन ।

सेन्सर बोर्डबाट "A" सर्टिफिकेट पाएको चलचित्र "अप्रिल फुल" ले भोलि दाङ्को तुलशीपुरमा पनि च्यारिटी शो गर्ने भएको छ। यसअघि फाल्गुन १६ गते दाङमा गरेको च्यारिटी शो बाट दर्शकको राम्रो रेस्पोन्स पाएकोले दाङ्मा पुन चलचित्रको माग आएको निर्माण पक्ष्यको भनाई रहेको छ ।
अप्रिल १ तारिख अर्थात "अप्रिल फुल" मनाउने क्रममा त्यो सिचुएसनले निमत्याउने अन्य घटना चलचित्र "अप्रिल फुल" को मुख्य कथा हो । थर्ड टिम फिल्म्सको ब्यानरमा कार्यकारी निर्माता बिनोद लामिछानेले निर्माण गरेको यस चलचित्र अब अप्रिल फुलमा नै प्रदर्शनमा आउने निर्माण पक्ष्य को सोच रहेको छ ।
निर्देशक भद्र भुजेलको निर्देशनमा निर्माता केशब लामिछाने र कमल लामिछाने को सयुक्त निर्माण रहेको चलचित्रमा नायिका सुमिना घिमिरे .कुमार लामिछाने ,मनोज लामिछाने ,महिमा सिलवाल लगाएत यसै चलचित्रका कार्यकारी निर्माता बिनोद लामिछाने को पनि मुख्य भूमिका रहेको चलचित्र अप्रिल फुल सम्पूर्ण रुपमा नेपालि कथा बोकेको चलचित्र हो ।
0 comments:
Post a Comment