२०६९-११-२२ रवि अधिकारी चितवन
प्रकृती संरक्षणलाई मुख्य सन्देश बनाएको नेपाली चलचित्र छड्केले सामाजिक क्षेत्रमा समेत हातहालेको छ । चलचित्र युनिटले चलचित्र प्रर्दशन संगै विभिन्न क्षेत्रका सामाजिक संघ संस्था संग हातेमालो गर्दै देशका विभिन्नन स्थानमा सामाजिक कार्यमा अग्रसरता देखाएको छ । यस अघि हेठांैडा र पोखरामा विभिन्न सामाजिक काम गरिसकेको युनिटले मंगलवार चितवनको भरतपुरमा एक कार्यक्रमको आयोजान गरी चितवनको माडीमा धु्रबेहात्तीको आक्रमणमा परि ज्यान गुमाएका एक बोटे परिवारलाई आर्थिक सहयोग गरेको छ ।
चलचित्र युनिटले विशेष गरी चलचित्र प्रर्दशनवाट संकलन भएको रकम मध्ये २५ हजार रुपैयां चितवनकै माडीका एक बोटेपरिवारलाई सहयोग स्वरुप प्रदान गरेको हो । यस्तै चलचित्रमा बालकलाकारको भुमिकामा अभिनय गरेका सन्तोष परियारलाई नगद २५ हजार रुपैयां समेत सहयोग स्वरुप प्रदान गरेका छन् । नेपाल विद्यार्थी संघ बीरेन्द्र बहुमुखी क्याम्पस इकाई समितिको सहकार्यममा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा माडीमा धुब्रेहात्तीको आक्रमणबाट ज्यान गुमाएका बोटेदाम्पत्य परिवार समेत सहभागी थिए । चितवनकै युवाहरुले प्रकृती संरक्षणलाई मुख्य सन्देश बनाएर निर्माण गरिएको चलचित्र छड्केका युनिटहरुले भरतपुर स्थित वीरेन्द्र वहुमुखी क्याम्पसको परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी सहयोग प्रदान गरेका हुन् ।
चलचित्रका निर्देशक निगम श्रेष्ठ, निर्माता माधव वाग्ले, नरेन्द्र महर्जन, कलाकारु दयाह्याङ राई, निलम श्रेष्ठ, लगायतका कलाकारहरु सहभागी थिए । चलचित्रमा अभिनय गरेका बालकलाकार परियारले भविस्यमा ठुलो मान्छे बन्न आफ्नो अभिनयले सहयोग पु¥याउने बताए । नवलपरासीको थुम्सी घरभएका परियारले आफुले पाएको रकम अध्ययनका लागि खर्च गर्ने बताए । चलचित्र युनिटले उनको अभिनयको उच्च मुल्याङकन गर्दै अध्ययनका लागि भनेर नै नगद २५ हजार रुपैयां सहयोग स्वरुप प्रदान गरिएको चलचित्रका निर्माता माधव वाग्लेले जानकारी दिए । परियारको घरायसी अवस्था दयनिय रहेकोले चलचित्र युनिटले उनको अभिनयलाई उच्च मुल्याङकन गरेको हो ।
यस्तै बोटे परिवारले राहत स्वरुप सरकारले प्रदान गरेको प्रतिव्यक्ति ३ लाख रुपैयां पुरानो ऋण र अन्त्यष्टि गरिदै सकिएको बताए । बाबुआमा गुमाएको बोटेपरिवारमा हाल १० जना जना सदस्य छन् । आफुहरुको नाममा एकधुर जग्गा समेत नभएकोले अरुको बारीमा दुइवटा छाप्रो बनाएर बस्न बाध्यभएको छोरा शनिचरा बोटेले गुनासो गरें । बुबा आमाको मृत्युपछि सरकारले राहत स्वरुप १४ लाख रुपैयां पछि दिने र मृतक दाम्पत्यको अन्त्येष्टि संगै एकजना सदस्यलाई जागिर दिने भनिएपनि हाल सम्म कुनै अतोपत्तो नभएको भन्दै दुख व्यक्त गरें । चितवनको माडी स्थित गर्दी गाउ विकास समिति वडा नं. ९ का ६५ वर्षिय बुद्धिराम बोटे र ५५ वर्षीया जरिया बोटेको मंसिर ३० गते राती चितवन राष्ट्रिय निकुञ्जबाट निस्कीएको धु्रबेहात्तीले घरैमा गएर आक्रमण गरेका थिए । बुद्धिराम बोटेको घटना स्थलमा नै मृत्युभएको थियो भने जरियाको उपचारका लागि भरतपुर ल्याउदै गर्दा बाटोमा नै मृत्युभएको थियो । (((०००))
प्रकृती संरक्षणलाई मुख्य सन्देश बनाएको नेपाली चलचित्र छड्केले सामाजिक क्षेत्रमा समेत हातहालेको छ । चलचित्र युनिटले चलचित्र प्रर्दशन संगै विभिन्न क्षेत्रका सामाजिक संघ संस्था संग हातेमालो गर्दै देशका विभिन्नन स्थानमा सामाजिक कार्यमा अग्रसरता देखाएको छ । यस अघि हेठांैडा र पोखरामा विभिन्न सामाजिक काम गरिसकेको युनिटले मंगलवार चितवनको भरतपुरमा एक कार्यक्रमको आयोजान गरी चितवनको माडीमा धु्रबेहात्तीको आक्रमणमा परि ज्यान गुमाएका एक बोटे परिवारलाई आर्थिक सहयोग गरेको छ । चलचित्र युनिटले विशेष गरी चलचित्र प्रर्दशनवाट संकलन भएको रकम मध्ये २५ हजार रुपैयां चितवनकै माडीका एक बोटेपरिवारलाई सहयोग स्वरुप प्रदान गरेको हो । यस्तै चलचित्रमा बालकलाकारको भुमिकामा अभिनय गरेका सन्तोष परियारलाई नगद २५ हजार रुपैयां समेत सहयोग स्वरुप प्रदान गरेका छन् । नेपाल विद्यार्थी संघ बीरेन्द्र बहुमुखी क्याम्पस इकाई समितिको सहकार्यममा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा माडीमा धुब्रेहात्तीको आक्रमणबाट ज्यान गुमाएका बोटेदाम्पत्य परिवार समेत सहभागी थिए । चितवनकै युवाहरुले प्रकृती संरक्षणलाई मुख्य सन्देश बनाएर निर्माण गरिएको चलचित्र छड्केका युनिटहरुले भरतपुर स्थित वीरेन्द्र वहुमुखी क्याम्पसको परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी सहयोग प्रदान गरेका हुन् ।
चलचित्रका निर्देशक निगम श्रेष्ठ, निर्माता माधव वाग्ले, नरेन्द्र महर्जन, कलाकारु दयाह्याङ राई, निलम श्रेष्ठ, लगायतका कलाकारहरु सहभागी थिए । चलचित्रमा अभिनय गरेका बालकलाकार परियारले भविस्यमा ठुलो मान्छे बन्न आफ्नो अभिनयले सहयोग पु¥याउने बताए । नवलपरासीको थुम्सी घरभएका परियारले आफुले पाएको रकम अध्ययनका लागि खर्च गर्ने बताए । चलचित्र युनिटले उनको अभिनयको उच्च मुल्याङकन गर्दै अध्ययनका लागि भनेर नै नगद २५ हजार रुपैयां सहयोग स्वरुप प्रदान गरिएको चलचित्रका निर्माता माधव वाग्लेले जानकारी दिए । परियारको घरायसी अवस्था दयनिय रहेकोले चलचित्र युनिटले उनको अभिनयलाई उच्च मुल्याङकन गरेको हो ।
यस्तै बोटे परिवारले राहत स्वरुप सरकारले प्रदान गरेको प्रतिव्यक्ति ३ लाख रुपैयां पुरानो ऋण र अन्त्यष्टि गरिदै सकिएको बताए । बाबुआमा गुमाएको बोटेपरिवारमा हाल १० जना जना सदस्य छन् । आफुहरुको नाममा एकधुर जग्गा समेत नभएकोले अरुको बारीमा दुइवटा छाप्रो बनाएर बस्न बाध्यभएको छोरा शनिचरा बोटेले गुनासो गरें । बुबा आमाको मृत्युपछि सरकारले राहत स्वरुप १४ लाख रुपैयां पछि दिने र मृतक दाम्पत्यको अन्त्येष्टि संगै एकजना सदस्यलाई जागिर दिने भनिएपनि हाल सम्म कुनै अतोपत्तो नभएको भन्दै दुख व्यक्त गरें । चितवनको माडी स्थित गर्दी गाउ विकास समिति वडा नं. ९ का ६५ वर्षिय बुद्धिराम बोटे र ५५ वर्षीया जरिया बोटेको मंसिर ३० गते राती चितवन राष्ट्रिय निकुञ्जबाट निस्कीएको धु्रबेहात्तीले घरैमा गएर आक्रमण गरेका थिए । बुद्धिराम बोटेको घटना स्थलमा नै मृत्युभएको थियो भने जरियाको उपचारका लागि भरतपुर ल्याउदै गर्दा बाटोमा नै मृत्युभएको थियो । (((०००))
0 comments:
Post a Comment