२०६९-११-२८
फिल्मी अपडेट ,काठ्माण्डौ
नेपाल चलचित्र कलाकार संघका अधक्ष्य नवल खड्का एक पछि अर्को प्रशंशानिय कार्य गर्दै आएका छन् । हिजो महा शिवरात्रिको अवसर पारेर पशुपतिमा सामाजिक सेवा गरेका खड्काले आज काठमाण्डूको मुटु गौशालामा अबस्थित रहेको महेन्द्र नारायण मेमोरियल हस्पिटलसंग कलाकारहरुको हितको लागि उपचारमा केहि राहतको शहमती गरेको छ । आज भएको सहमति अनुशार विरामी कलाकारहरुलाई सो हस्पिटलले ३० प्रतिशत छुट दिने भएको छ । यद्दपि सो हस्पिटल बाट ३० प्रतिशत छुट लिनको लागि कलाकार संघको सदस्यता लिनु अनिबार्य छ ।

अस्पताल प्रमुख बिकास अधिकारी,ब्यवस्थापन समितिका प्रमुख डा. मोदराज डोटेल र कलाकार संघको तर्फबाट अध्यक्ष खड्काले सहमति पत्रमा हस्ताक्षर गरि सम्झौता पत्र गरेका थिए ।

0 comments:
Post a Comment