123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:54 PM
0

२०६९-१२-१७
फिल्मी अपडेट ,काठ्माण्डौ

वाईसीएलपछि डनसँग नायिका रेखा थापाको दोस्ती
 दाजु मानेर नायिका रेखा थापाले वाईसीएल नेता सागरलाई तिहारमा टिका पनि लगाएर चर्चा कमाएकी थीइन  । खासमा सागरलाई दाई बनाएर उनले आफ्नो स्वार्थ पूरा गर्न लागेको कुरा चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उनले गरेको चलखेलले पनि प्रष्ट भयो। तर त्यसमा उनी सफल हुन सकिनन्। प्रचण्डसँगको सम्बन्ध बिग्रिएपछि आफैँ संकटमा परेका सागरले रेखालाई बोर्ड अध्यक्ष बनाउन सक्ने अवस्था थिएन। त्यसकारण रेखा र सागरबीच पनि सम्बन्ध राम्रो हुने कुरै भएन।
Rekha-thapa

सागर कमजोर हुँदा डन गणेश लामा शक्तिशाली व्यक्तिका रुपमा उदाइसकेका थिए। त्यसकारण रेखा सागर छाडेर गणेससँग नजिकिइन्, आफ्नो फाइदाका लागि। किनकि लामा केही समयअघिसम्म विजयकुमार गच्छेदारको निकट थिए। गच्छेदार गृहमन्त्री भएकाले उनका विश्वासिला लामा पनि पावरफूल नै थिए। त्यही पावर देखेर रेखा उनीसँग नजिकिएकी थिइन्। तर लामाले पनि उनलाई बोर्ड अध्यक्ष बनाउन सकिनन्। आफू अध्यक्ष नबन्ने पक्का भएपछि रेखा अमेरिका हानिइन्, त्यहीबेला पप्पु बोर्डको अध्यक्ष भए। तर पनि गणेश र रेखाको दोस्ती भने कायमै छ। दृष्टिले प्राप्त एक फोटोले पनि त्यही बताउँछ। दरबारमार्गको एक बारमा पार्टीपछि रेखाले काभ्रली समूहसँग फोटो खिचाएकी छिन्। फोटो दरबारमार्गमा लामाका साथी प्रशान्त शर्माले सञ्चालक गरेको म्याकलुहान रेष्टुरेन्टको हो।



स्रोतका अनुसार दरबारमार्गमा रेखा र गणेश पटक–पटकसँगै भेटिने गरेका छन्। तर गच्छेदार पदमा रहदासम्म पावरफूल भएका गणेश अहिले आफैँ पनि अर्धभूमिगत बनिसकेका छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सिआईबीले मुद्दा दायरको तयारी गरेको छ। विभागले मुद्दा दायर गर्दा पक्राउ परिने भएकाले उनी दौडधुपमा लागेका छन्।
रेखा समयअनुसार मान्छेहरूलाई प्रयोग गर्न र फाल्न सिपालु मानिन्छन्। पहिला कलाकारितामा लाग्न उनले छविराज ओझासँग विवाह नै गरिन्। किनकि ओझा चल्तापूर्जा निर्माता थिए। तर आफू स्थापित भइसकेपछि छविलाई समेत लात हानिसकेकी छिन्। चलचित्र क्षेत्रमा उनले धेरैलाई त्यसरी प्रयोग गरेको एक कलाकार बताउँछन्। weeklynepa




श्रोत /2013/03/29/rekhas-s-friends/

0 comments: