२०६९-१२-१९
फिल्मी अपडेट ,काठ्माण्डौनव गायिका मिङ्गस् लामाको एल्बम "it's happens. yet to be."सार्बजानिक
नेपालि संगीत को फराकिलो आकाशमा उदाउने आशामा गाईका मिङ्गस् लामा पनि आफ्नो डेब्यु एल्बम
it's happens... yet to be... लिएर आएकी छिन . राजधानीको एक हलमा हिजो एक कार्यक्रमा बीच एल्बमको बिमोचन गरिएको थियो साथै सोहि एल्बमको एउटा गीतको भिडियो पनि देखीएको थियो

आयोजित एल्बम बिमोचन नेपाल प्रहरीका बरिष्ठ उपरिक्षक डा. मिनराज पाठक, चर्चित पप गायक निमा रुम्बा, गायक तथा संगीतकारद्वय कमलमान सिंह र प्रमोद निर्वाण, संगीतकार शंकर पौडेल, बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, बरिष्ठ पत्रकार बलराम केसी, संचारकर्मी हेम सुबेदी , म्युजिक भिडियो निर्देशक बिकास सुबेदी, ग्रेट म्युजिकका सञ्चालक तथा गीतकार सहदेव अर्याल र गायिका स्वयम्ले संयुक्त एल्बमको बिमोचन गरेका थिए ।
गायिका मिङ्गस् लामा सानै उमेर देखि गायन तथा नृत्यमा पारङ्गत रुचि राख्ने गर्थिन र अहिले आएर आफ्नो एल्बम मार्फत सगिताको आकाशमा छाउन लागेकी छिन् । लामाले दर्जनौ सांगीतिक कार्यक्रमहरुमा आफ्नो गायन तथा नृत्यकला प्रस्तुत गरिसकेकी छन् । गायन संग सँगै ब्युटीसियन समेत रहेकी लामाले संगीतको औपचारिक ज्ञान पनि लिएकी छिन ।
बिकासा इन्टरटेनमेन्टको प्रस्तुतीमा ग्रेट म्युजिकले बजारमा ल्याएको एल्बम it's happens... yet to be... हो ।
यस एल्बमको ‘कस्तो माया बस्यो’ बोलको गीतको भिडियो बिकासा इन्टरटेनमेन्टले तयार पारेको हो । पल शाह र प्रशंसाले अभिनय गरेको यस भिडियो लाई बिकास सुबेदीले तयार पारेका हुन् भिडियो नयाँ वर्ष मा रिलिज गर्ने निर्माण पक्ष को भनाई रहेको छ ।
ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियो लाई पल शाह ले सम्पादन गरेका हुन् ।
0 comments:
Post a Comment