२०६९-१२-१०
फिल्मी अपडेट ,काठ्माण्डौ
फिल्म अवार्ड जर्मनीमा ५ चलचित्रको नाम सार्बजानिक
सन २०१३ अपि्रल १४ मा जर्मनीको हाम्बर्गमा बर्षको सर्बोत्कृष्ट नेपाली चलचित्र अवार्डको आयोजना हुने भएको छ । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ‘अनेकस’ जर्मनीले आयोजना गर्नलागेको
अवार्डमा भाग लिन आएका चलचित्र मध्ये उत्कृष्ट ५ चलचित्रहरुको नाम पनि सार्वजनिक गरिसकिएको छ । ‘मालतिको भट्टी’, ‘सायद’, ‘अन्दाज’, ‘लुट’ र ‘काठमान्डु’ उत्कृष्ट ५ मा पर्न सफल भएका चलचित्रहरु हुन् । उत्कृष्ट ५ को नाम चलचित्र संग सम्बन्धीत् विज्ञहरुको रायको आधारमा मा गरिएको हो ।

उत्कृष्ट चलचित्रलाई दर्शकले पनि आफ्नो मत दिएर विजयी बनाउन सक्ने बाताबरण निर्माण पक्षले बनाएको छ । सामाजिक संजाल फेसबुकमा रहेको फ्यान पेजमा लाईक गरेर मत बेक्त गर्न सकिने आयोजकले बाताएको छ । लाईक गर्न को लागि यस पेजमा लाईक गर्नु पर्नेछ ।
0 comments:
Post a Comment