123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:27 AM
0
२०६९-११-२१ फिल्मी अपडेट 
 नायक भुवन केसीको छोरा अनमोल केसी, निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत , र त्यस्तै कलाकार टिका पहाडीको छोरा , गौरब पहाडीको साथमा 'होस्टेल' ओपन गरिएको थियो । यो फिल्म अहिले छायांकनको अन्तिम चरणमा रहेको छ ।


 यस फिल्म मा नायक भुवन केसी, निर्देशक शोभित बस्नेतका र कलाकार टिका पहाडी 'होस्टेल' भित्र तीनै जनाको बुवाको पनि अभिनय रहेको रहस्य खुलेको छ ।  अनमोल केसी, सलोन बस्नेत र गौरब पहाडीलाई मुख्य कलाकार बनाएर सुरु गरिएको होस्टेल भित्र तीनै जना बुवाले फिल्म भित्र पनि बुवाकै भूमिका निभाएको स्रोतले जनाएको छ ।

चलचित्र सुतिंग सुरु गर्दा  अनमोल, सलोन र गौरबको नाम सार्वजनिक गरेपनि यि नायकहरुको बुवाको नाम खुलाइएको थिएन । यता निर्माता सुनिल रावल पनि ‘होस्टेल’ मा होस्टेल वार्डेनको रुपमा प्रस्तुत हुदैछन् । हेमराज क्षेत्रीको निर्देशन रहेको यस फिल्ममा  संचारकर्मी शिशिर भण्डारी, रिस्ता बस्नेत लगायतको अभिनय रहेको छ ।

यो फिल्म काठमाडौ, ललितपुर र भक्तपुर आसपास मा सुतिंग भैरहेको छ । दुर्गिश फिल्मस् को दोस्रो प्रस्तुति  ‘होस्टेल’ तिन /चार महिनामा प्रदसन मा आउने छ । यसअघि दुर्गिश ले  ‘सायद’ फिल्म बनाएको थियो  ।

0 comments: