123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:17 AM
0
२०६९-११-२७ फिल्मी अपडेट
आज महाशिवरात्रीको दिन हो र आज बिहानै देखि काठमाडौँ को पशुपतिमा स्वदेश देखि विदेश सम्मका भक्तजनको ठुलै भिड लागेको छ । यसै बिच बक्तजनको लागि सेवामा नेपाली फिल्मको कलाकार संघको  स्टल नम्बर एकाउन्नमा रही सेवा गर्ने शिबिर कार्यक्रम रहेको छ । शिबिरमा दुई जना विशिष्ट डक्टरहरु सहित केही नर्सहरुको साथमा कलाकारहरुले भक्तजनहरुलाई विभिन्न सेवा दिदैछन् । शिवरात्रीमा यदि कोहि मानिस विरामी भएमा औषधी दिएर सहयोग गर्ने छन्  भने तिर्खा लागेको लाई पानी पनि पिलाउने कार्यक्रम हो । त्यहाँ धेरै नै सिनेकर्मी उपस्तित हुने कुरा बुझिएको  थियो तर अहिले बिहानको ११ बजे सम्म पनि  केहि सिमित मात्र कलाकारहरु त्यहाँ रहेका छन् ; जसमा श्रीराम पुडासैनी दिनेश पाखर्नी शुबेक्षा थापा लक्ष्मी गिरि र घनस्याम खतिवडाको मात्र उपस्तिती रहेको छ । यसरि कलाकार संघका कार्यसमितिमा भएका सवै सदस्य आउने भनिए पनि आएका छैनन् , कलाकारहरुको सहभागिता एकदमै फितलो देखिन्छ । जसले आजको यस शिबिरको आयोजना गरेको हो तेस्कै अध्यक्ष नवल खड्का स्टल राखेको पुरा ५ घण्टा पछि मात्र उपस्तित भएका छन् आशा छ अरु पनि कलाकारहरु त्यहाँ ढिलै भए पनि आउने छन् ,र बिहान ८ बजे देखि बेलुकी ६ बजे सम्म कलाकारहरु महाशिवरात्रीलाई सफल बनाउने छन्  । उक्त शिबिरको संयोजकत्व सदस्य प्रदीप सिंह ले गरेका हुन् भने पुरुष कलाकार उपस्थित गराउने जिम्मा श्रीराम पुडासैनीलाई दिईएको थियो र महिला कलाकार उपस्थित गराउने जिम्मा लक्ष्मी गिरीलाई दिईएको थियो ।  
:- प्रणप सुबेदीको रिपोट

0 comments: