123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:46 PM
0
२०६९-१२-१६
प्रणप सुबेदी ,काठ्माण्डौ

नेपाली चलचित्र उद्योग ५० बर्षको जन्मउत्सब मनाउन लाग्दा सम्मपनि नाम बिहिन !
हामि सबैलाई थाहा छ छिमेकी रास्ट्र भारतको चलचित्र उद्योगलाई बलियुड भानिन्छ अनी युरोपिएन  चलचित्र उद्योगलाई हलियुड भानिन्छ तर नेपालको चलचित्र उद्योगलाई के भन्ने अझ सम्म नि टुङो छैन ।
आज नेपाली चलचित्रले ५० बर्षको आफ्नो जन्मउत्सब मनाउन लागि सक्दा पनि एसको कुनै नाम छैन । यद्दपी भन्ने ले भन्छन  कालीयुड तर यो कालीयुड पनि भारतको एउटा प्रान्तमा रहेको सानो फिल्म नगरिलाई भन्ने गरिन्छ नेपालको हैन यो कुरा पनि सबैलाई थाहा छ । आखिर पचास वर्ष पुग्न लाग्दा पनि किन एउटा नाम दिन नसकेको होलान त ? न त एउटा लोगो नै छ  नेपालि चलचित्र उद्योगको न त झण्डा नै  , हुन त याँहा कसैलाई नेपाली चलचित्र  उधयोगको अहिलेको अबस्था र समस्याको बारेमा सोच्ने फुर्सद नै छैन याँहा मुहान सुकेको अबस्था हैन सबैलाई तेस्को बाँड फाँडको पिर छ र तेसैको झगडामा अड्केकाछन ।
नेपाल चलचित निर्देशक समाज , नेपाल चलचित्र कलाकार संघ,  नेपाल चलचित्र निर्माता संघ लगायतका ठुला  संघ सस्था छन् तर याँहा आफ्नै किसिमका झगडा र आपसी समस्या सल्टाउनमा नै बेस्त रहेका छन् यी निकाएहरु । नाम को कुरा हुन त पहिला पनि उठेको हो तर कुनै टुंगो लागेको थिएन र फेरी अहिले आएर जोसिएको छ कारण नायिका निशा अधिकारीलाई नेपालि चलचित्र उद्योगको नाम र लोगो भएको झण्डा सगरमाथा को सिरमा फहराउने इछ्या छ तेसैले पनि नाम को कुरा अहिले अगाडी बढेको हो ।उनि चैत २४ गते बाट सगरमाथा चढ्न तेसतर्फ़ लाग्दैछिंन ।

आखिर कहिले सम्म नेपाली चलचित्र उधोगले नाम बिहिन भएर बाँच्ने के सधै एस्तै हो ?
कस्को जिम्मा हो नेपाली चलचित्र उधोगलाई एउटा राम्रो नाम दिने र सबै चलचित्रकर्मी र चलचित्रका सबै निकायलाई संमबोधन गर्ने झन्डा र लोगो बनाउने काम ?
पचास बर्षको हुँदा सम्म पनि कसैले वास्ता नगरेको यो उधयोग आखिर के बेवारिसे बनेको हो त ?
के सांच्चै खेर गएको होत  ति रास्ट्रका गहनाहरुको मेहेनत जस्ले आज नेपाली चलचित्रलाई जिवन्त राख्न आफ्नो ठुलो योगदान र परीश्रम ?

अब त अत्ती जस्तै भो भन्ने पनि कोही आएनन , एदी तपाई सच्चा नेपाली हो र तपाईलाई नेपाली चलचित्र प्रती मायाँ छ भने तपाई लेखेर पठाउनुहोश हामिलाई तपाईलाई लागेको नाम हामी तपाइले दिएको नाम नेपाल चलचित्र बिकास बोर्ड र साथ साथै समबन्धित बेक्ती र सङ्घ सस्थाको माझ पुराईदिन्छौ ।

सबैले आफ्नै दुना सोझाउन तिर लागे अब तपाइको सस्कृती बचाउने जिम्मा तपाईको हातमा छ ।


                                                                                                    subedipranap@gmail.com


0 comments: