123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:48 PM
0

२०६९-१२-०५
फिल्मी अपडेट्,काठ्माण्डौ

कलाकार संघको झण्डा लिएर हिंडे सगरमाथा चढ्न नायक अर्जुन कार्की 
एउटा शाहशिक कामको अन्त्य गर्न नायक अर्जुन कार्की सगरमाथा चढ्नको लागि आज निस्किएका छन् ।  केही दिन अघि राजधानीमा पत्रकार सम्मेलन गर्दै आफुले सर्वोच्च शिखर सगरमाथा चढ्ने औपचारिक घोषणा गरेका नायक अर्जुन कार्की आज निस्किएका छन् ।
 नायक कार्कीले आज बिहान पशुपति बाट पवित्र जल लिएर यात्राका लागि निस्किएका छन् उंले आफ्नो संगै  कलाकारहरुको इज्जतलाई पनि संगै सर्वोच्च शिखरमा पुर्याउने भएका छन् उनले इज्जत स्वोरुप चलचित्र कलाकार संघको झण्डा लागेका छन् अर्जुनले उक्त झण्डा सब्रोच्च शिखरमा फहराउने भएका छन् ।उनको बिदाइको लागि कलाकार संघले पशुपति को प्राङ्गनमा बिदाईको औपचारिक कार्यक्रम पनि गरेको थियो ।
 
अर्जुनलाई बिदाई गर्न पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल, उद्योग वाणिज्य संघ केन्द्रीय सदस्य  अशोक शर्मा, निर्माता संघका अध्यक्ष राजकुमार राई पनि पशुपति पुगेका थिए भने कलाकारहरुको पनि बाक्लो उपसस्थिति रहेको थियो।
 स्मरण रहोस नायक अर्जुन कार्की सर्वोच्चको शिखर चढ्ने यात्रामा पैदल निस्किएका हुन् । यद्दपि उनलाई स्कटिङमा अन्य सहयोगीले भने साथ दिनेछन् ।

0 comments: