123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:02 PM
0
२०६९-१२-०७
प्रणप सुबेदी ,काठ्माण्डौ

"लभ इन चाईना बोर्डर" को औडियो लन्च सम्पन्न  / सबैले चलचित्रलाई  दिए शुभकामना 
नेपालि कथानक चलचित्र "लभ इन चाईना बोर्डर" ले आज राजधानीमा आफ्नो चलचित्रको बारेमा जानकारी दिन र चलचित्रको अडियो बिमोचन गर्न पत्रकार सम्मेलनको आयोजना गर्यो ।  आयोजित अडियो बिमोचन तथा पत्रकार सम्मेलनमा चलचित्र  "लभ इन चाईना बोर्डर" का समपुर्ण टिमको उपस्थती थियो तर हामीले चलचित्रको लिड नायिका लाइ भने देख्न सकेनौ .यद्दपि सिधा भाषामा भन्दा नायिका अनुपस्थिति थिइन् ।
यस चलचित्र आगामी चैत्र ९ देखि दर्शकहरुले हेन पाउने भएका छन्  । पाख्रिन फिल्मसको व्यानरमा निर्माण भएको यो चलचित्र देश भर करिब ७० ओटा चलचित्र घरहरुबाट प्रदर्शनमा आउने भएको छ  ।

"नेपालको सबै भन्दा अग्लो स्थान नाम्चे, लुक्ला , साङ्बोजे ,  सोली लगायतका स्थानमा छायांकन गरिएको चलचित्र "लभ इन चाईना बोर्डर" करिब नब्बे लाखको लगानीमा निर्माण गरेका छौ र हामीले यस चलचित्रमा लाइटको प्रयोग गरेका छैनौ चलचित्र पुर्ण रुपमा प्रकृतिको काखमा खिचेकाछौ" निर्माता दिनेश पाख्रिन  ।
उदय सुव्वा निर्देशित चलचित्र "लभ इन चाईना बोर्डर" पाख्रिन फिल्मसको चौथो प्रस्तुति हो । स्मरण रहोश यस चलचित्रको एउटा गित हिट्स एफ एम म्युजिक अवार्डमा नोमिनेशनमा परेको छ । "शिरि शिरी डाडामा" बोलको गित दिपक रमणको संगितमा तयार भएको हो र येही गित नोमिनेसनमा परेको छ।

दिनेश पाख्रिन र अन्जिता किरातिको निर्माण रहेको चलचित्र "लभ इन चाईना बोर्डर" हाल चलचित्रको प्रमोसनको चाँजो पान्जोमा लागेको छ ।
सुनिल थापा , उदय सुव्वा , सुभास मेचे , निर्मल तामाङ , सोम लामा , जेनिसा केसि , दिपक क्षेत्री , प्रमोद  श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ यस चलचित्रमा  उनले अभिनेता सुनिल थापा लाइ पुन संगै डोहोरायेका छन् । दोन्द निर्देशन सुर्य थोकरको रहेको यस चलचित्रमा नृत्य निर्देशन को जिम्मा भने आफैले लिएका छ निर्माता पाख्रिनले  ।
चैत्र ९ गते

0 comments: