123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:41 PM
0
२०६९-१२-०२
प्रणप सुबेदी ,काठ्माण्डौ

चैत्र ९ गते ९० लाखको चलचित्र देशभर लाग्दै
आगामी चैत्र ९ देखि दर्शकहरुले पाख्रिन फिल्मसको व्यानरमा निर्माण भएको अर्को नेपालि कथानक चलचित्र "लभ इन चाईना बोर्डर" हेर्न पाउने भएका छन्  ।
क्यु सिस्टम मार्फत चैत्रको दोश्रो साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र  "लभ इन चाईना बोर्डर" अल नेपाल एकैसाथ प्रर्दशनमा आउन लागेको हो  ।

नेपालको सबै भन्दा अग्लो स्थान नाम्चे, लुक्ला , साङ्बोजे ,  सोली लगायतका स्थानमा छायांकन गरिएको चलचित्र "लभ इन चाईना बोर्डर" करिब नब्बे लाखको लगानीमा निर्माण गरिएको निर्माण पक्ष्यले हामीलाई  जानकारी गराएका छन ।
उदय सुव्वा निर्देशित चलचित्र "लभ इन चाईना बोर्डर" पाख्रिन फिल्मसको चौथो प्रस्तुति हो । स्मरण रहोश यस चलचित्रको एउटा गित हिट्स एफ एम म्युजिक अवार्डमा नोमिनेशनमा परेको छ । "शिरि शिरी डाडामा" बोलको गित दिपक रमणको संगितमा तयार भएको हो र येही गित नोमिनेसनमा परेको छ।

दिनेश पाख्रिन र अन्जिता किरातिको निर्माण रहेको चलचित्र "लभ इन चाईना बोर्डर" हाल चलचित्रको प्रमोसनको चाँजो पान्जोमा लागेको छ ।
सुनिल थापा , उदय सुव्वा , सुभास मेचे , निर्मल तामाङ , सोम लामा , जेनिसा केसि , दिपक क्षेत्री , प्रमोद  श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ यस चलचित्रमा  उनले अभिनेता सुनिल थापा लाइ पुन संगै डोहोरायेका छन् । दोन्द निर्देशन सुर्य थोकरको रहेको यस चलचित्रमा नृत्य निर्देशन को जिम्मा भने आफैले लिएका छ निर्माता पाख्रिनले  ।

0 comments: