२०६९-१२-०१
फिल्मी अपडेट ,काठ्माण्डौ
नायिकाद्धय कट्रिना र प्रियंकाले आइपिएलमा धुम मच्चाउने
एजेन्सी / भारत क्रिकेट र चलचित्र क्षेत्रमा निकै अगाडि रहेको छ । केहि वर्षदेखी भारतमा क्रिकेट र चलचित्र अर्थात् संगीतलाई एक-आपसमा जोड्ने काम समेत भएको छ ।

भारतमा यही अप्रिल २ देखी सुरू हुने छैटौ सस्करणको आइपिएल क्रिकेटमा पनि यस्तै संयोजन पाइने भएको छ । खेलको उदघाटनमा चलचित्र क्षेत्रका हस्तिहरूको उपस्थिति हुनेछ भने केही हस्तीहरूले आफ्नो प्रस्तुती पनि देखाउने छन् । बलिउडमा चर्चामा रहेका नायीकाद्धय कट्रिना कैफ र प्रियंका चोपडाले उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्ने भएका छन् । उक्त उद्घाटन कार्यक्रम साल्ट लेक स्टेडियममा हुनेछ ।
यो कार्यक्रम कोलकोत्ता नाइड राइडरका मालिक शाहरूख खानले गर्ने भएका छन् । अघिल्लो संस्करणको विजेता केकेआरका मालिक शाहरूख खानले उक्त कार्यक्रमको आयोजना गर्ने र यसका लागी भारत सरकारले पनि स्विकृत दिइसकेको बताइएको छ ।
0 comments:
Post a Comment