२०६९-११-२५
फिल्मी अपडेट ,काठ्माण्डौ
फ्राईडे रिलिज "अग्रेजी टाईटलमा नेपाली देशभक्ती चलचित्र "
फ़्राईडे फिल्म रिलिज अन्तर्गत आज नेपालि चलचित्र बजारमा तिन नेपालि कथानक चलाचित्रहरु प्रदर्शनमा आएका छन् ।
*बरदान
नेपालि कथानक चलचित्र बरदान आज काठमाण्डौ बाहिर बाट प्रदर्शन हुदै छ ।
चैत्र २ गते काठमाडौँमा भने बरदान सोलो रिलिज हुने भएको छ । चलचित्र ‘बरदान’ काठमाण्डौको बिग सिनेमा, क्यूएफएक्स र एफक्यूबमा लाग्ने पक्का भएको छ । यो चलचित्रमा महानायक राजेश हमाल, करिश्मा मानन्धर, रेजिना उप्रेती, मुकेश ढकाल, अर्जुन कार्की, धिरेन शाक्य र सुनिल थापा आदि कलाकारको अभिनय रहेको छ भने चलचित्रको निर्माता कविता श्रेष्ठ हुन् र प्रस्तुतकर्ता का रुपमा भने नायिका रेजिना उप्रेती रहेकी छिन ।
*रिदम

निर्देशक बिकाश आचार्य निर्देशित चलचित्र "रिदम" पनि आजै बाट प्रदर्शनमा आएको छ
जिवन लुइँटेल, श्वेता भट्टराई, विल्सन विक्रम राई र नब नायक शोहित मानान्धर अभिनित चलचित्र "रिदम" देशभक्ति चलचित्र हो तर चलचित्रको टाईटल भने अंग्रेजी राखिएको छ ।
टाईटल बाट बिदेशी चलाचित्रको आभाष हुने एस चलचित्रमा कत्तिको देशभक्ति गरेको छ यो हेर्न भने यो चलचित्र देश भरि चल्दैछ ।
* पल्टन

त्रिकोण, दोषी, जनक्रान्ति, साहसी, तुफान, म बिर्सु कसरी, अन्त्य, जस्ता दर्जनौ चलचित्र निर्देशन गरिसकेका युवा निर्देशक बासुदेब पोखरेल निर्देशित चलचित्र "पल्टन" पनि आजै बाट प्रदर्शनमा आएको छ ।
देश बिकाश र रक्षाका लागि हरेक जनता एक "पल्टन"को रुपमा एकजुट हुनुपर्छ भन्ने सन्देस सहित बनेको चलचित्र "पल्टन"क्यू सिस्टम मार्फत रिलिज भएको हो । चलचित्रमा महानायक राजेश हमाल तृप्ति नाडकर , कुशल थापा, सचिंता गुरूङ, करण क्रेजी, प्रतिष्ठा प्रसाई, अमृत लामा,दिपेन्द्र श्रेष्ठ, दिनेश थापा आदि कलाकारहरुको अभिनाय रहेको छ यद्दपि यो चलचित्र भने काठमाडौ मात्र प्रदर्शन भएको हो ।
0 comments:
Post a Comment