123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:13 PM
0

२०६९-१२-०९
प्रणप सुबेदी ,काठ्माण्डौ

डेब्यु चलचित्र प्रदर्शन संगै नायक सोम लामाले मनाए आफ्नो जन्म दिन  

नेपालि कथानक  चलचित्र  "लब इन चाइना बोर्डर" बाट अभिनयमा डेब्यु गरेको तर प्रदर्शनको हिशाबले भने चलचित्र "रुद्राक्ष्य" डेब्यु बनेको नायक सोम लामाले आज आफ्नो अभिनयको डेब्यु चलचित्र "लब इन चाइना बोर्डर" को प्रदर्शन संग संगै आफ्नो जन्म दिन मनाएका छन् ।

बि श २०३९ चैत ९ गते काठ्माण्डौको रामकोट स्थित गोदाम थोकमा जन्मेका नायक सोम लामा नेपाल टेलिभिजनबाट प्रशारणमा आउने गरेको रियालिटी शो "आँगन" बाट नेपाली चलचित्रको रङ्गिन पर्दामा आएका हुन ।

धेरै चलचित्रमा साहायक नृत्य निर्देशक भएर काम गरिसकेका नायक सोम लामा आजबाट तिस वर्षमा प्रवेश गरेका छन । आफ्नो परिवार र आफ्ना साथि भाई लागायत "लब इन चाईना बोर्डर" का टिम र सिमित पत्रकारहरुको साथमा सोमले आज आफ्नो जन्म दिन मनाएका हुन् ।
चलचित्र "रुद्राक्ष्य" को ईण्ड क्ल्यापका दिन जन्म दिन परेको नायक सोमको पुन "लब ईन चाइना बोर्डर" को प्रदर्शनको दिन जन्म दिन परेको छ । नायक सोम लामालाइ फिल्मी अपडेटको तर्फबाट जन्म दिनको लाखौ लाख सुभकामना छ ।


साथै आजै आयोजित उक्त सेलेब्रेसन पार्टीमा चलचित्र "लब ईन चाईना बोर्डर" का निर्माता दिनेश पाख्रिनले  आम सोलुखुम्बु बाशीहरु संग माफी पनि मागेका छन् ।
निर्माता पाख्रिनले माफी माग्नुको कारण भने गत केहि दिन अगि चलचित्र लब इन चाइना बोर्डरको  प्रेस भेट घाटमा उनले "जाँहा साईकल पनि चल्दैन हामीले त्यहाँ चलचित्रको छायांकन गरेका छौ " भन्ने सब्द उनले बोलेका कारण दर्शक सामु माफी मागेका छन्  । "मैले भन्न खोजेको अर्कै हो तर मैले बोल्न्न नजानेको मात्र हो " उनले भने ।

स्मरण रहोस आज बाट 'लब इन चाइना बोर्डर " अल नेपाल ४५ ओटा भन्दा बढी सिनेमा घरमा प्रदर्शनमा आएको छ  ।













0 comments: