२०६९-११-२३
प्रणप सुबेदी ,काठ्माण्डौ
फेसबुकमा लाईक र शेर गर्दा नायिका बिनिता बराल सँग डेटिङ
नेपालि चलचित्र जगतमा कम समयमा राम्रै संग जमेकी {चपली हाईट गल} चर्चीत नायीका बिनिता बराल संग तपाई पनि डेटिङ जाने हो भने नेपालि कथानक चलचित्र "सुपरहिट" को अफ़िसेल फेसबुक पेजमा धेरै भन्दा धेरै लाइक अनि कमेन्ट अनि शेर गर्नुहोला तपाई पक्कै जान पाउनुहुनेछ ।
Click here To like a page https://www.facebook.com/NepaliSuperhitMovie
प्रदर्शनको क्रममा रहेको मुभी इन्फिनिटी द्वारा निर्मित सस्पेन्स थ्रील नेपाली कथानक चलचित्र "सुपरहिट" को युनिटले येसो गरेर आफ्नो चलचित्र "सुपरहिट" को पब्लिसिटीको नयाँ उपाया अपनाएको हो । सामाजिक संजाल अन्तर्गत फेसबुकमा फलो गर्ने नयाँ तरिका युनिटले ल्याएको हो । फिल्म "सुपरहिट"को फोटो, प्रोमो, गीत तथा पोस्टरमा जस्ले बढि लाईक र शेयर गर्छ उसलाई नायिका बिनिता बरालसँग डेटिङ जाने अवसर दिनुका साथै सँगै बसेर फिल्म हेर्ने अवसर प्रदान गरिनेछ ।

"फिल्म सुपरहिटलाई सुपरहिट बनाउन यस्तो स्किम ल्याईएका हौ" निर्देशक निरञ्जन पाण्डे।
प्रदर्शनको मिती सम्म हार्मो फेसबुक फ्यान पेज (नेपाली सुपरहिट मुभि) मा सबैभन्दा धेरै लाईक तथा शेयर गर्ने टप तीन जनालाई बिनितासँग डेटिङ जाने व्यस्था गर्दै सँगै डिनर या लञ्चको व्यवस्था गरेकाछौ" पुन निर्देशक पाण्डे। फिल्म पनि बिनितासंगै बसेर हेर्ने व्यवस्था गर्ने निर्देशक पाण्डेले बताए । यस्तै हरेक दिन सुपरहिटको फोटो, प्रोमो, गीत तथा पोस्टरमा सबैभन्दा बढि लाईक गर्नेलाई बिनितासँग फोनमा कुरा गर्न उनको मोबाईल एक घण्टाका लागि खुल्ला गरिनेछ । जसमा एक व्यक्तिले ५ मिनेटसम्म बिनितासँग कुरा गर्न सक्नेछन् ।
"सुपरहिट"को टाइटल गीतमा सबिन राईको अवाज रहेको छ ।
निराजन पाण्डेको शव्द र सुरेश राईको संगीत रहेको गीत चलचित्र " सुपरहिट"को टाइटल गीतपनि हो । आगामी वैसाखमा प्रदर्शन हुने यस चलचित्रमा बिनिता बराल, दिव्यदेव पन्त, महेश त्रिपाठी आदिको मुख्य अभिनय रहेको छ भने निराजन पाण्डे र सौरभ ढकालले निर्देशन गरेका छन ।

0 comments:
Post a Comment