123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:10 PM
0

२०६९-१२-१८
प्रणप सुबेदी,काठ्माण्डौ

हरितारा चलचित्र पुरस्कार गुठीले गर्यो सुनिल थापा र दिनेश डिसी लाई सम्मान 

हरितारा चलचित्र पुरस्कार गुठीले हिजो राजधानीमा एक कार्यक्रम गर्दै यस बर्षको हरीतारा चलचित्र पुरस्कार वितरण गर्यो । पुरस्कार बाट कलाकार सुनिल थापा र दिनेश डिसी पुरस्कृत भएका थिए ।

बिगत तीन दशकदेखि नेपाली चलचित्रमा अभिनय र कलाकारिता गर्दै आउनु भएको र नेपालि चलचित्रलाई वाहाले दिनुभएको योगदान र समर्पणका लागि अभीनेता सुनिल थापालाई सम्मान गरिएको थियो । आफुले सम्मान र पुरस्कार पाएपछि अभिनेता सुनिल थापाले येसरी समबोधन गरे कार्यक्रमलाई  ।
भिडियो क्लिक गर्नुहोला 


तेस्तै सम्मानित हुने अर्का कलाकार भने संचारकर्मी एबम कलाकार दिनेस डिशी थिए उनले विगत अढाइ दशकदेखि नेपाली संचार एवं चलचित्रको क्षेत्रमा दिनु भएको योगदानको कदर स्वरुप दिनेश डिसीलाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको थियो । प्रदान गरिएको पुरस्कार राशि जनही २५ हजार रुपैयाँको रहेको छ ।
सम्मानित हुदै अभिनेता दिनेश डिशीले काय्रक्रम्लाई यसरि सम्मान गरे ।
भिडियो क्लिक गर्नुहोला 

साथै कार्यक्रममा चलचित्र क्षेत्रका ५ व्यक्तीलाई परिवर्तन नेपालले परिवर्तन सम्मानबाट सम्मानित पनि गरेको थियो ।  सम्मानित हुनेहरुमा निर्माता छवी ओझा, चलचित्र पत्रकार शान्तिप्रिय, अभिनेत्री सपना श्रेष्ठ, कलाकार बिनोद श्रेष्ठ र निर्मात्री÷अभिनेत्री जेनी कुँवर रहेका छन् ।
कार्यक्रममा शिव श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुषाल, सुभद्रा अधिकारी लगायतका चलचित्रकर्मीहरु को उपस्थिति रहेको थियो ।














0 comments: