२०७०-०१-१६
कमल न्यौपाने ,बुट्वल शहकर्मी
"निकै मेहेनतको साथ बनाएको 'अन्तराल’" निर्देशक दीपा बस्नेत
नेपाली कथानक चलचित्र 'अन्तराल’ आउँदो जेठ ३ गतेदेखि मुलुकभरबाट प्रदर्शनमा आउने भएको छ । अन्तराल युनिट आफ्नो प्रमोशनको लागि देश दौडाहाको क्रममा बुटवलमा पनि सचांरकर्मीहरूसँग कुरा गर्दै चलचित्रकी निर्देशक दीपा बस्नेतले चलचित्र अन्तराल निकै मेहेनतको साथ बनाएको र दर्शकले मन पराउने आफूहरू ढुक्क रहेको बताइन् । उनले भनिन्, 'चलचित्रमा संर्घषबिना निश्चित गन्तव्यमा पुग्न सकिंदैन भन्ने विषयलाई बढी केन्द्रीत गरेर देखाउन खोजिएको छ ।’ आफ्नो सुनौलो भविष्यका लागि राजधानीमा आउने कति युवा सफल हुन्छन् भने कति असफल हुन्छन्', उनले भनिन्- 'त्यसै घटना प्रतिघटनालाई केन्द्र मानेर चलचित्र अन्तराल निर्माण गरीएको हो ।’

अन्तरालले युवापुस्ताको भावनालाई राम्रोसँग सम्बोधन गर्ने दावी निर्देशक बस्नेतले छ । त्यस्तै चलचित्रमा पहिलोपटक नायीकाको रुपमा डेव्यु गर्दै गरेकी नम्रता सापकोटाले पहिलोपटक अभिनय गरेको चलचित्र अन्तराल निकै राम्रो गरेको प्रतिक्रीया दिईन् । उनले भनिन्, -'चलचित्र शतप्रतिशत चल्नेमा ढुक्क छौ, एक पटक हेर्न सवैलाई अनुरोध गर्छु ।’
अन्तराल युनिट आइतबारनै बुटवलवाट देशदौडाहाको क्रममा नारायणघाट प्रस्थान गरिसकेको छ । सो अवसरमा नायक मानव सुवेदी, नायीका अशिस्मा नकर्मी लगाएतले पनि चलचित्रको बारेमा बोलेका थिए ।
अन्तराललाई अभिमन्यू निरभीले लेखेका हुन् भने चलचित्रमा मानव सुवेदी, नम्रता सापकोट, रुवी राणा, अशिस्मा नकर्मी, कमलमणि नेपाल, लोकेन्द्र लेखक र जीवनसाथी बस्नेत लगायतका कलाकारहरूले जीवन्त अभिनय गरेका छन् । शिवराम श्रेष्ठको छायांकन, असिम चित्रकार र बुद्धरत्न महर्जनको सम्पादनमा रहेको अन्तरालको नृत्य निर्देशन शक्तिविक्रम थापा र दीपा बस्नेतको छ । झण्डै आधा करोडको लगानी खर्चेर निर्माण गरीएको चलचित्र 'अन्तराल’ जीवनसाथी फिल्मस्को व्यानरमा निर्माण भएको हो ।

0 comments:
Post a Comment