123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:59 PM
0
२०७०-०१-१७
फिल्मी अपडेट ,काठ्माण्डौ

चलचित्र "कर्कश" को गित "तारेमाम" ,बुझ्नेले त बुझ्लान नबुझ्नेले के गर्लान ?
नेपालि चलचित्रको  बजार लगातार खस्किदै गएको छ र यो खस्किएको चलचित्रको बजारलाइ  अब एउटा चलचित्रले केहि हद सम्म उठाउने छाँटकाँट देखिएको छ ।
तर एकिन साथ्  अहिले नै भन्न सक्ने अवस्था भने छैन कारण चलचित्र "छड्के" ले नेपाली चलचित्र उध्योगमा एउटा दाग लगाइ सक्यो भन्दा फरक नपर्ला ।
याँहा जति चलचित्र मोस्ट अवेटेडको लिस्टमा पर्छन ति सबै डब्बा हुने गरेको छ कित दर्शकहरुले गालि गर्ने गरेको छ ।

सायदै चलचित्र "कर्कश" ले भने दर्शकको राम्रो प्रतिक्रिया पाउला किनकि कर्कशको अहिले प्रोमो दर्शकहरुले मन पराएका छन् र मंगलबार राजधानीमा चलचित्रको एउटा गित सार्बजनिक गर्यो र गित बाट पनि चलचित्र केहि हदसम्म राम्रो बनेको अनुमान गर्न सकिन्छ ।

युट्युवमा धेरैले हेरेको यो चलचित्रको प्रोमो अहिले ब्यापक चर्चामा रहेको छ र अब मंगलबार सार्बजानिक गरिएको गीतले अब कस्तो चर्चा कमाउने हो हेर्न बाँकी नै रहेको छ । रन्जित आचार्यको शब्दमा कर्मा ब्यान्डले संगीत भरेको यो गितमा स्वर सुरेन्द्रमान सिंहको रहेको छ ,यद्दपि गीतले "तारेमाम तारेमाम" भन्दै छ तर तारेमाम बुझ्ने दर्शक भने कमै रहेको अन्दाज फिल्मी अपडेटले गरेको छ किनकि तारेमाम नेवारी सब्द हो र गीतको अगाडिको सब्द नै सुन्ने र हेर्ने ले बुझेन भने गीतको अर्थ बेक्कार हुने संगीत बिशेशज्ञ बताउछन ।  यो गीतले पनि प्रोमोले जत्तिकै चर्चा पाउने विश्वास निर्माणपक्षले गरेको छ ।


अ.जी.टु.वान प्रोडक्शनको व्यानरमा निर्देशक आशिफ शाहले निर्देशन गरेको चलचित्र "कर्कश"
आगामी जेठ ३१ गतेबाट देशैभर एकै साथ् प्रदर्शनमा आउने भएको छ  । सुरजसिंह ठकुरी, रेमनदास श्रेष्ठ, दयाहाङ राई, सत्यराज आचार्य, राजेन्द्र खड्गी, हर्षिका श्रेष्ठ, रागिनी खड्गीको साथै बिदेशी नायिका क्याटालिन जेन्सनले समेत अभिनय गरेकी छन् ।

0 comments: