123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:01 PM
0
२०६९-१२-२६ 
फिल्मी अपडेट्,काठ्माण्डौ 

सबैले भनौं जय जय सेन्सर बोर्ड / सेन्सर बोर्डका कारण अधिकांस चलचित्रकर्मी तनाबमा 

पछिल्लो समय चलचित्रकर्मीहरुलाई सेन्सर'बोर्ड तगारोको रुपमा रहेको महशुश हुन थालेको  छ ।
हुन त सेन्सर बोर्ड पहिले पनि सक्रिय नै थियो तर अहिले भने सेन्सर बोर्ड कडा रुपमा प्रस्तुत हुन थालेको छ ।
नेपालि कथानक चलचित्र "ATM" को सेन्सर पछि बोर्ड केहि कडा रुपमा अघि सरेको अनुमान गर्न सकिन्छ । ATM" सेन्सर भए पनि चलचित्रमा अझ केहि छुटेको भन्दै सेन्सर प्रमुखको सरुवा भएको थियो तेसपछी भने सेन्सर बोर्ड कडा रुपमा प्रस्तुत भएको बुझिन्छ ।

हुनत सेन्सर बोर्ड जति कडा बन्यो तेती नेपालि चलचित्रहरु हेर्न लायकका बन्दछन तर कथाले मागे अनुरुपको द्रिस्य,आवाज चलचित्रमा हुनु पनि जरुरि नै छ ।
र यतिखेर सेन्सर बोर्डको काम देखेर अधिकांस चलचित्रकर्मीहरु  बोर्ड प्रति निन्दा र असन्तुष्टि व्यक्त गर्न थालेका छन।
चलचित्रको सेन्सर गर्ने कार्यकमा सेन्सर नबुझेका र चलचित्र समबन्धि ज्ञान नभएका सेन्सर प्रमुखहरुको चलखेल रहेको र "सरकारी काम कहिले जाला घाम" जस्तो कारवाही हुन थालेको भन्दै चलचित्रकर्मिहरु बोर्डप्रति रुस्ट बनेका हुन ।
कुन चलचित्र कुन कन्टेन्टमा बनेको नै नबुझी सिन काट्न लगाउने ,नेपालि चलचित्रलाई सेन्सरमा  दोश्रो प्राथामिकता दिने र नेपालि चलचित्रलाई सधै तल्लो स्तरबाट मुल्यांकन गर्ने जस्ता कार्य सेन्सर बोर्डले गर्न थालेपछि अधिकांश चलचित्रकर्मि सेन्सर बोर्डप्रति रुष्ट भएका हुन।
सेन्सर बोर्डको एस किशिमको कामले गर्दा अधिकांस चलचित्रकर्मिहरु सेन्सर बोर्ड  नै चाँहिदैन भन्न थालेका छन्।



पछिल्लो समय चलचित्र "कोहि त छ " का निर्माता ले आफ्नो चलचित्रमा प्रहरी निरीक्षक देखाएको र प्रहरी पोशाकमा रहेको सक्कली प्रहरी देखाएको भन्दै चलचित्रको उक्त जुलुस को सिन काट्न कगाएको थियो र चलचित्रमा धरै रगत र हत्या गरेको दृस्य रहेको भन्दै चलचित्रलाई "PG"को बील्ला दिएको थियो ।
यस चलचित्रका निर्माता राम प्रसाद प्रधान सेन्सरले दिएको दुख देखेर अर्को चलचित्र बनाउने बिचार सम्म नि परिवर्तन गर्ने सुरमा पुगेका छन्  ।


यस्तै अर्को चलचित्र "समय" को कुरा गरौ यो चलचित्रको पनि सेन्सर बोर्डमा केहि हद्सम्म बिबाद रहेको थियो यद्दपि चलचित्रको केहि सिन काटि चलचित्रलाई अन्तंत "U" बिल्ला दिएको थियो आखिर यस्मा पनि कैंची लागेन भन्ने ठाउ रहेन ।

अब अर्को चलचित्रको कुरा गरौ जी के शर्माको "बर्बाद" को यो चलचित्र सेन्सर बोर्डले ८०% अश्लिल भन्दै सेन्सर गर्न मानेन । यस चलचित्रका  निर्माता अहिले तनाबमा रहेकाछन् ।

अब अर्का चलचित्रकर्मीको कुरा गरौ निर्माता प्रदिप कु उदय .उनको कार्यकारी निर्माणमा बनेको चलचित्र "मन्जरी " ले संसारमा पाएको दुख र बोर्ड कर्मचारीको कुराले गर्दा उनले भनेका छन् "अब नेपाली चलचित्रले सेन्सर बाट "U" बिल्लाको आश नै नगरेपनि हुन्छ "
चलचित्र मन्जरिको कुरा गर्दा चलचित्रमा समाबेस दुई सिन र फाइटको सिनले गर्दा चलचित्रको उक्त दुई सिन काटेर चलचित्रलाई "PG" बिल्ला दिने निर्णयमा बोर्ड पुगेको थियो तर चलचित्र तर निर्माता उदयले एउटा प्रेम कथामा बनेको मन्जरी जस्तो चलचित्रलाई ""PG' सर्टिफिकेट दिने हामि मन्जुर छैनौ भन्दै चलचित्रको सेन्सर र प्रदर्शन मितिमा फेरबदल गरेका थिए ।
एस किसिमको ब्यबाहार देखेर निर्माता उदय एसो भन्छन "चलचित्र सेन्सर बोर्डले आफूलाइ समय अनुसार परिवर्तन नगरी  र उचित तरिकाबाट चलचित्र जाँचपास नगरे निर्माता निर्देशकले सेन्सर बोडको बेवास्ता गरि सिधै चलचित्र प्रर्दशन नगर्लान भन्न सकिदैन ।"

सेन्सर बोर्ड लाई कसरि पहिलाको जस्तो र चलचित्रकर्मीले खोजेको जस्तो बनाउन सकिन्छ भनेर हामीले केहि चलचित्रकर्मीहरु संग सोधेका थियोउ र सबैले एकै खाले जबाफ दिए "चलचित्र बुझेका र चलचित्रकर्मी नै भए देखि सेन्सर बोर्ड को काममा सन्तुस्टी हुने थियो " ।


केहि एस्ता दृस्य समेटिएका चलचित्रले गर्दा अहिले चलचित्रकर्मीहरु हैरान भएका हुन भन्दा फरक नपर्ला सायद  ।















0 comments: