२०६९-१२-२१
फिल्मी अपडेट ,काठ्माण्डौ
"भिजिलान्ते" दर्शकहरुले खोजेको जस्तो चलचित्र / नेपाली चलचित्रको इतिहाशमा नै पहिलो पटक !
हराएको अथवा भनौ बिर्शिशकिएको एउटा चलन चलचित्रको प्रिमियर फेरी पछिल्लो समय देखि बढ्न थालेको छ । गत हप्ता चलचित्र "नाईन ओ कल्क " ले प्रिमियर गरेको थियो भने यो हप्ता नेपालि चलचित्र उद्योगमा नै र नेपालि चलचित्रको इतिहासमा नै पहिलो पटक थ्रीडी फर्म्याटमा बनेको नेपालि कथानक चलचित्र "भिजिलान्ते" ले प्रिमियर शो सम्पन्न गर्यो । राजधानीको चाबहिल इस्थित एक हलमा आयोजना गरिएको र्पिमियर समारोहमा चलचित्रका इन्टाएर टिम लगाएत पत्रकार ,कलाकार र सुभाचिन्तकहरुको उपस्तिती रहेको थियो ।

सस्पेन्स थ्रिल चलचित्र भिजिलान्तेको हिजोको प्रिमियर सो मा हल भित्रको दर्शकहरुको तालिले गर्दा चलचित्रले रर्मो ब्यापार गर्ने नक्षेत्र देखिएको छ तेती मात्र नभएर चलचित्र हेरेर फर्केका दर्शकहरुले पनि रार्मो प्रतिक्रिया दिएका छन् । हामीले भिजिलान्ते कस्तो लाग्यो ? भनेर उपस्थित दर्शक र चलचित्रकर्मीहरुलाइ सोधेका थियोउ र सबैले रार्मो बनेको र चलचित्रले राम्रो ब्यापार गर्ने छ र दर्शकको मन जित्नेछ लगायतका बिचार बेक्त गरेका थिए।

शान बस्न्यातको स्क्रिप्टमा फिल्ममा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । चलचित्र "भिजिलान्ते" लाई यसअघि "चपली हाईट" निर्देशन गरिसकेका निर्देशक दीपेन्द्र के खनालले निर्माण तथा निर्देशन गरेका हुन् ।

अस्लेशा इन्टरटेनमेन्टमा थ्रीडी प्रविधिमै दीर्घ खड्काले सम्पादन गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् त्यस्तै द्धन्द सूर्य थोकरको रहेको छ । फिल्ममा सुरेश राईको संगीत सुन्न सकिन्छ ।


0 comments:
Post a Comment