123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:57 PM
0
२०७०-०१-०२
फिल्मी अपडेट्,काठ्माण्डौ

२०७० को सुरुवात सँगै चलचित्र संघको नयाँ योजना 
नेपाल चलचित्र संघले निर्माता र चलचित्र निर्माणकर्तालाई केहि आर्थिक भार लगाएत अन्य तर्फबाट सहयोग गर्न संघले आफ्नो कार्यालयको दोश्रो तल्लामा रहेको थिएटर उपलब्ध गराउने भएको छ  ।
चलचित्रको ट्रायल शो लगायत अन्य सामान्य कार्यक्रम गर्नको लागि संघको हल उपयुक्त हुने संघको दाबि रहेको छ  । ५ .१ साउन्ड सिस्टम जडित ३५ सिट क्षमता भएको हलमा साधारण प्रेश मिट देखि चलचित्रको प्रदर्शन पनि गर्न सकिने छ  ।
यसरी हल उपलब्ध गराउदा संघको तर्फबाट पनि केहि सहयोग हुने भन्दै संघले यस्तो निर्णय गरेको हो  ।


संघका महासचिव प्रदीप उदयका अनुसार "हलमा आयोजना गरिने कुनै पनि कार्यक्रमको हामि शुल्क लिंदैनौ र त्यसैमा सामान्य खाजाको व्यवस्था पनि संघकै तर्फबाट उपब्लध हुनेछ", यद्दपि यो ब्यबस्था भने एउटा चलचित्रको लागि र एक पटकको लागि मात्र हो" महासचिव उदय।

राजधानीको बिशालनगरमा रहेको संघको थिएटर झण्डै दश लाखको लगानीमा गत मंसिर महिनामा तयार भएको थियो भने अझ डि सी एन पनि जडान गरिने संघको योजना रहेको छ।

0 comments: