२०६९-१२-२६
फिल्मी अपडेट्,काठ्माण्डौ
आदिबासी चलचित्र महोत्सब बैशाख १२ देखि शुरु हुँदै
आगामी बैशाख १२ देखि १५ गते सम्म राजधानीको राष्ट्रिय सभागृहमा इन्डिजिनियस फिल्म अर्काईभ (आईफा) को आयोजनामा सातौं नेपाल अर्न्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सब हुने भएको छ ।
'आमसञ्चारमा अदिबासीको समान पहुँच र सहभागिता’ भन्ने नारा बोकेर आयोजना हुने महोत्सवमा नेपालको तर्फबाट मगर, धिमाल, नेवार, गुरुङ, तामाङ, राई, लिम्बु, कुलुङ आदि समुदायका चलचित्रको आवेदन परेको आयोजक संस्थाले जनाएको छ ।
नेपाल, भारत, अष्ट्रेलिया, अर्जेन्टीना, ब्राजिल, क्यानाडा, इक्वेडर, कोलम्बिया, जर्मनी, होन्डुरस, इजरालय, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, रसिया, दक्षिण इथोपिया, स्पेन, स्विट्जरल्याण्ड, पेरु, ताईवान, अमेरिका लगायतका गरी २१ देशका छोटा तथा लामा फिल्म, बृत्तचित्र, एनिमेसन फिल्म, प्रयोगात्मकफिल्म र म्युजिक भिडियो सहित ९३ फिल्मले सहभागिता जनाएको छ ।
९३ ओटा चलचित्रबाट छानिएका उत्कृष्ट चलचित्र मात्र महोत्सबमा प्रदर्शन गरिने कुरा आयोजकले जानकारी दिएको छ ।

0 comments:
Post a Comment