123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:58 PM
0

२०६९-१२-२८
फिल्मी अपडेट्,धरान सहकर्मी

चलचित्र महोत्सवको लागी धरान तयार हुँदै 
नेपाल चलचित्र बिकाश बोर्डले एस पटकको चलचित्र महोत्सव धरानमा आयोजना गर्ने निर्णय गरे अनुरुप अहिले धरानमा महोत्सवको लागि औपचारिक तयारि सुरु भैसकेको धरान स्थित हाम्रा शहकर्मिले जानकारी गराएका छन् ।
बैशाखको अन्तिम साताको तिन दिन २८,२९ र ३० गते  धरानमा राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने निर्णय संगै धरानमा महोत्सवको औपचारिक सुरुवात भैसकेको छ ।
जस अन्तरगत तीन दिने महोत्सवको आयोजनाको तयारी बारे छलफल गर्न बोर्डले धरानमा सोमबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

छलफल कार्यक्रममा भाग लिन बोर्ड सदस्य निलहरि काफ्लेको  उपस्थिति रहेको थियो भने स्थानिय शहयोगी संस्थाहरु , कलाकार, बुद्धिजी लगायतकाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
बिगत लामो समय देखि नाट्य क्षेत्रमा काम गर्दै आएको अनाम नाट्य जमातले स्थानीय आयोजकको रुपमा महोत्सवको आयोजना गर्न प्रस्ताव गरे पछि बोर्ड द्वारा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

बोर्डले स्थानीय सरोकारवालासंग छलफल गर्दै आगामी बैशाख २८,२९ र ३० गते महोत्सव आयोजना गर्ने अनौपचारिक निर्णय पनि सुनाएको थियो । सोमबारको छलफल पछि बोर्डबाट फेरी  महोत्सव बारे औपचरिक निर्णयको पत्र आउन साथ पुन अर्को बृहत भेला गराएर आयोजक कमिटी गठन गर्ने तयारीमा जुट्ने स्थाने आयोजक संस्थाका एक प्रतिनिधिले जानकारी गराय । बैशाख २८,२९ र ३० गतेको चलचित्र महोत्सवमा नेपालि चलचित्रकर्मी .नेपालि चलाचित्रधर्मि लगायतकाको बाक्लो उपस्थिती रहने , चलचित्र बिश्लेषक र दर्शकहरु बीच अन्तरक्रिया, उत्कृष्ट चलचित्र प्रदर्शन लगायतका कार्यक्रम गरिने बोर्डले जानकारी गराएको छ ।

0 comments: