२०७०-०१-०३
फिल्मी अपडेट्,काठ्माण्डौ
आमिर र शाहरुख खानले पहिलोपटक संगै काम गर्ने
बलिउड अभिनेता आमिर खान र शाहरुख खानबीच कुनै दुस्मनी छैन । तर अझसम्म यि दुई नायकले सँगै भने काम गरेका थिएनन् ।
तर अब यि दुईलाई एकसाथ फिल्ममा देख्न सकिने भएको छ । भारतीय सिनेमाले १०० वर्ष पूरा गरेको अवसरमा फिल्म 'बम्बे टाकिज' प्रदर्शन गरिने भएको छ ।

यसै फिल्मको एक विशेष गीतमा शाहरुख र आमिरसँगै देखिने भएका हुन् । बलिउडले सय वर्षको फड्को मारेको अवसरमा तयार पारिएको यो चलचित्रको गीतमा उनीहरु एक साथ देखिने भएका हुन् ।
आमिरले उक्त गीतको सुटिङ भ्याइसकेका छन् भने शाहरुखले व्यस्तताको बाबजुद सुटिङ भ्याएका छैनन् । बम्बे टाकिजमा रानी मुखर्जी, नवाजुद्धीन सिद्धीका, कट्रिना कैफले पनि अभिनय गरेका छन् ।

0 comments:
Post a Comment