123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:03 AM
0
२०७०-०१-०५
फिल्मी अपडेट्,काठ्माण्डौ

"साघुँरो" टिम र ओस्कार कलेजका बिद्यार्थी बीच अन्तरक्रिया हुँदै 
एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ बैशाख १३ गते बाट प्रदर्शनमा आउने भएको छ। दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र र मनोदशमा पर्ने द्वन्द्व र मनोदशालाई सिनेमाले उठान गर्न खोजेको बताउँछन् यसका निर्माण पक्ष ।

यसै चलचित्रको कथा र चलचित्रलाई नै लिएर ओस्कार कलेजका बिद्यार्थीहरु  र चलचित्र "साघुँरो" को टिमले आज कलेजमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । बिहान करिब ११ बजे बाट सुरु हुने अन्तरक्रिया कार्यक्रममा चलचित्रको टिम बाट निर्देशक ,निर्माता लगायत चलचित्रका क्रिउ नै उपस्थित हुने जानकारी प्राप्त भएको छ ।

सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवी गिरी लगायतका कलाकारको अभिनय रहेको "साघुँरो"लाई बिनोद पौडेलको कथा तथा पटकथामा  निर्देशक जोएश पाण्डेले निर्देशन गरेका हुन् । समिर मैनालीको निर्माणमा तयार भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अन्जय खड्काको सम्पादन रहेको छ  । चलचित्रमा मदन गोपालको गित रहेको छ ।

0 comments: