२०६९-१२-२६
फिल्मी अपडेट्,काठ्माण्डौ
शोभितको छोरी पनि ठुलो पर्दामा
नेपालि चलचित्रको बजारमा शोभित बस्नेत आफ्नो २७ औ चलचित्रको साथमा पुन देखा पर्ने भएका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रमका बिच उनले आफ्नो २ ७ औ चलचित्र "टिचर"को सुभ मुहुर्त साईत गरे।

राजधानीको बागबजार इस्थित सिने जोन ल्याबमा चलचित्रको मुहुर्त गरिएको थियो । चलचित्रको मुहूर्तमा गायक यम बरालले गित गाएर चलचित्रको सुरवात गरेका थिए भने निर्देश सोभित बस्नेतले भने मुर्तिको पुजा गरि चलचित्रको सुरवात गरेका थिए ।

नयाँ निर्मात्री बिन्दिया रानीको लगानी र प्रस्तुतिमा चलचित्र ‘टिचर’ बन्न लागेको हो ।
चलचित्रमा कुशल थापा, जेनिशा केसी, राम गौतम, पुरन थापा, भानु प्रतापका साथमा निर्देशक बस्नेतकी छोरी शलिना बस्नेतको पनि अभिनय रहनेछ ।

प्याटि्रक सिटलिङको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व, दीपिका भट्टको नृत्य, गणेशकुमार श्रेष्ठको छायांकन रहने यस चलचित्र बैशाख १ गते बाट फ्लोरमा जाने निर्माण पक्षले जानकारी गराएका छन् । टिचरको कथा व्यथालाई समेटिने चलचित्र टिचरमा के शोभित आफ्नो अन्य चलचित्र जस्तै एसमा पनि देखिन्छन त्यो भने हेर्न बाँकी नै रहेको छ ।
0 comments:
Post a Comment