२०७०-०१-१४
फिल्मी अपडेट्,काठ्माण्डौ
‘लूटको धनमा फुपूको श्राद्ध’ / बोर्डको पैसा लुटाउँदै छन् पप्पु
‘लूटको धनमा फुपूको श्राद्ध’ भन्ने नेपाली उखान निकै चर्चित छ। त्यो उखानलाई यतिखेर चलचित्र विकास बोर्डको नेतृत्वले दुरुस्त चरितार्थ गरेको छ। माओवादी कलाकारको नेतृत्वमा बोर्डमा जे जस्तो हर्कत गरिएको थियो, त्यसलाई धर्मेन्द्र मरवैता ‘पप्पु’ नेतृत्वले पनि निरन्तरता दिएको छ। उपलब्धिविहीन हुने कार्यक्रमका नाममा बोर्डको लाखौं रुपैयाँ लुटाउने तयारी भइरहेको छ। अघिल्लो गणेश भण्डारी नेतृत्वको बोर्डले पनि नेपाली चलचित्रको स्थानीयस्तरमा विकास गर्ने भन्दै आफ्नै जिल्ला सुर्खेतमा चलचित्र महोत्सव गरेको थियो। त्यसबेला चलचित्र उद्योगका केही नाम चलेका कलाकार र पत्रकारलाई हवाईजहाज र गाडीका माध्यमबाट सुर्खेत लगिएको थियो। तर उपलब्धि केही भएन। त्यसबेला बोर्डको कोषबाट २० लाखभन्दा बढी स्वाहा पारियो। अहिले त्यस्तै फजुल कामका लागि बोर्ड रित्याउने तयारी भइरहेको छ।

मरवैता मण्डलीले वैशाखको अन्तिम साता सुनसरीको धरानमा चलचित्र महोत्सव आयोजनाको घोषणा गरेको थियो। उनी सप्तरी निवासी भए पनि बोर्ड सदस्य निलहरि काफ्ले र बोर्डका सदस्य सचिव गुरुप्रसाद सुवेदीको लहलहैमा लागेर धरानमा चलचित्र महोत्सव गर्ने निर्णय भयो। दुवैको घर सुनसरी जिल्लामै पर्छ। आफ्नो जिल्लामा चलचित्र महोत्सव गर्ने नाममा बोर्डको लाखौं रुपैयाँ सिध्याउने काम भइरहेको छ। महोत्सवबाट बोर्ड र नेपाली चलचित्र उद्योगका लागि कुनै फाइदा नभए पनि निलहरिलाई चाहिँ राम्रै आम्दानी हुने स्रोतले बतायो। चलचित्र महोत्सव गर्ने भन्दै जिल्लामा उनले राम्रै रकम उठाउन थालेको बोर्डका एक कर्मचारीले तरुणसँग भने।
गत बिहीबार बसेको विकास बोर्ड बैठकले राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने कलाकारहरूको लिस्ट तयार गरेको छ। सो लिस्टमा नयाँदेखि पुराना सयजना भन्दा बढी कलाकारहरूलाई समावेश गरिएको बुझिएको छ। ती सबै कलाकारलाई हवाईजहाजबाट धरान लैजाने काममा बोर्ड अध्यक्ष मरवैता र निलहरि कस्सिएर लागेका छन्। त्यसका लागि मात्र पाँच लाखभन्दा बढी खर्च गर्ने तयारी भइरहेको छ। धरान लैजाने टोलीमा राजेश हमाल, मुकेश ढकाल, रोज राणा, नवल खड्कादेखि रेखा थापा, झरना थापालगायत सिने क्षेत्रका सुन्दरी प्रायः सबै नायिका रहेको बुझिएको छ। केटी र मदिराका सौकिन पप्पुको नायिका मोहबारे अहिले विभिन्न टीकाटिप्पणी सुरु हुन थालेको छ। यसैबीच, वैशाख अन्तिम साता हुने भनिएको महोत्सव जेठको पहिलो साता गरिने भएको छ। स्थानीय स्तरको तयारी पूरा नभएको भन्दै महोत्सवलाई एक हप्ता पर सारिएको छ।
जुरीमा दुईजना थपिए
विकास बोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र पुरस्कारका लागि दुईजना जुरी थप गरिएको छ। जुरीमा चलचित्रसम्बन्धी प्राविधिक र सैद्धान्तिक ज्ञान नै नभएका तीनजना छनोट गरिएको तरुण साप्ताहिकले समाचार प्रकासित गरेको थियो। सोही समाचारको प्रभावमा अन्य दुईजना थप गरिएको हो। तर थप गरिएका दुईजना पनि चलचित्रसम्बन्धी ज्ञान नभएका नै छन्। बोर्डले जुरीमा थप गरेकामा सुवास ढकाल कान्तिपुर साप्ताहिकका सम्पादक र तपनाथ शुक्ल बोर्डकै सल्लाहकार हुन्। उनलाई वरिष्ठ साउन्ड इन्जिनियर भनेर चलचित्रसम्बन्धी विज्ञको उपमा दिइएको छ। जबकि शुक्ल जागिरे जीवनको प्रायः सम्पूर्ण समय रेडियो र टेलिभिजनमा बिताएका व्यक्ति हुन्। यसअघि निर्देशक शैलेश आचार्य, प्रकाश सुवेदी, र शान्तिप्रियलाई जुरी छनोट गरिएको थियो। नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकारहरूले छनोट गरिएको जुरीका विषयमा तीव्र असन्तुष्टि जनाएका छन्।
श्रोत =तरूण साप्ताहिक, काठमाडौं

0 comments:
Post a Comment