123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:54 PM
0
२०७०-०१-०१ 
फिल्मी अपडेट , काठ्माण्डौ


फेरी एकपटक हरिबंश आचार्यले गाय गित 'साझा बसमा जो पनि चढ्दछ '

कहिले काँही हामिले टेलिभिजनमा हेर्दै आएको र रेडियोमा सुन्दै आएको गितको साझा बश पुन सन्चालनमा आएको छ । केहि बर्ष अघिको लोकप्रिय गित र जनआवजमा गुन्जने गित  'साझा बसमा जो पनि चढ्दछ ' पुन एकपटक हिट हुने पक्का भएको छ ।

झण्डै करीब करीब बार्‍ह बर्षपछि सञ्चालनमा आएको सार्वजनिक यातायात साझा बसमा हिजो मह जोडिले यात्र गरे । उद्घाटनको पहिलो दिन हिजो यात्रुबर्गहरुलाई निशुक्ल यात्रा गराइएको थियो । यात्रा गर्नेमा दशकौ अघी हिट भैइसकेको गित "साझा बसमा जो पनि चढ्दछ" का गायक हरिबंश आचार्य र उनका सहकर्मी साथी मदन कृष्ण श्रेस्ठ पनि साथमा थिए ।

कलाकार तथा गायक हरी हरिबंश आचार्यको उक्त चर्चित गितमा साझा वशमा चढ्ने हरेक यात्रु चाहे पत्रकार अथवा  पाकेटमार सबै तह सम्मका ब्यक्तिलाई लक्षित गरि तयार गरिएको उक्त कालजयी गीतको सोहि अबशरमा धेरैले सम्झना गरेका थिए ।


साझाले राजधानीका दुई रुटमा बससेवा शुरु गरेको छ ।
 पहिलो रुटमा लगनखेल-जावलाखेल-कुपन्डोल-त्रिपुरेश्वर-जमल-लैनचौर-पानीपोखरी-शिक्षण अस्पताल-नारायणगोपालचोक-बसन्धुराचोक-सामाखुशी हुँदै गोंगबु बसपार्क तथा अर्को कलंकी-कालिमाटी-त्रिपुरेश्वर-माइतीघर-नयाँ बानेश्वर-तीनकुने-सिनामंगल-एयरपोर्ट भै त्यही रुट भै र्फकने साझा यातायातले जनाएको छ ।

५४ वटा सिट भएको अत्याधुनिक बसभित्र टेलिभिजन स्त्रिmन र सीसीटीभी जडान गरिएको छ । सीसीटीभीले सुरक्षा र यात्रुको निगरानी गर्नेछ । यस्तै यात्रुलाई मनोरञ्जन, ट्राफिक चेतना र अरु शिक्षा प्रदान गर्न हरेक बसमा टेलिभिजन राखिएको छ । बसमा यात्रु हुँदासम्म टेलिभिजन चल्ने साझा यातायातले जनाएको छ ।



बिहान ५ बजेदेखि राति ११ बजेसम्म दुई रुटमा चल्ने साझा बसका थप विशेषता यस्ता छन् :

· हरेक बसमा दुईवटा ढोका । पछाडिको ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट ओर्लने मात्र ।

· टिकट लिएर मात्र यात्रा गर्न पाइने ।

· दुवैतिरका अघिल्ला सिट महिला, अपांग र अशक्त यात्रुको लागि मात्र ।

· बसको अगाडि र पछाडि आकस्मिक ढोका ।

· चालकको पछिल्तिर आगो निभाउने यन्त्र ।

· ‘पिक आवर’ मा हरेक १५ मिनेट र अरुबेला २० देखि २५ मिनेटमा बस छुट्ने ।

· सकभर क्षमताभन्दा बढी यात्रु नराख्ने । तर ‘पिक आवर’ मा यात्रुको घुईंचो हुँदा ठेलम्ठेल नहुने गरी मात्र सीट क्षमताभन्दा केही बढी यात्रु राख्ने ।

· उभिने यात्रुको सुविधाको लागि समाउने ठाउँको व्यवस्था ।

· सिट बेल्ट ।

· ‘ट्रान्सफर टिकट’ को सुविधा । अर्थात कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्ट रुटको साझामा चढेको यात्रु त्रिपुरेश्वरमा ओर्लेर अर्को रुटमा चल्ने साझा बसबाट महाराजगंज जान खोजेमा दोस्रो बसमा पुरै भाडा तिर्न नपर्ने । पहिलो बसमा पुरा भाडा र अर्को बसमा आधा भाडा तिरेर पुग्न सकिने ।

0 comments: