२०७०-०१-१०
फिल्मी अपडेट्,काठ्माण्डौ
बैसाख १३ "साघुँरो"को लागी साघुँरो भन्दै प्रदर्शन मितिमा हेरफेर
चलचित्र पूर्ण रुपमा तयार नहुँदै प्रदर्शन मिति तोक्ने रोग नेपालि चलचित्रका निर्माता, निर्देशक हरुको पुरानै बानि हो। याँहा चलचित्र फ्लोर मा जाँदा जाँदै चलचित्रको प्रदर्शन मिति तोक्ने गरिन्छ र सबै काम हत्तार मा लात्तार नहोला भन्न पनि सकिन्न । यस्तै आगामी बैसाख १३ गते बाट प्रदर्शनमा आउने भनिएको चलचित्र "साँघुरो" आफ़्ग्नो काम नसकिएको भन्दै निर्धारित मितिमा दर्शक माझ नआउने भएको छ ।

चलचित्र "साँघुरो" लाई प्रतिक्षित चलचित्रमा लिएको छ र यसै चलचित्रलाई निर्माण पक्षले विभिन्न प्राबिधिक कारण देखाउंदै प्रदर्शन मितिलाई बैसाख १३ बाट हटाई दुई हप्ता पछाडी धकेली बैशाख २७ गते पुराएको छ ।
साँघुरो अब बैशाख २७ गते देखि मात्र दर्शकहरुले हेर्न पाउने भएका छन् ।
गत सोमबार चलचित्रले आफ्नो सेन्सर पास गरेको थियो भने सेन्सरमा चलचित्रले 'यूनिभर्सल सर्टिफिकेट' पाएको थियो ।
एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ अब बैशाख २७ गते बाट प्रदर्शनमा आउने भएको छ। दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र र मनोदशमा पर्ने द्वन्द्व र मनोदशालाई सिनेमाले उठान गर्न खोजेको बताउँछन् यसका निर्माण पक्ष ।
सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवी गिरी लगायतका कलाकारको अभिनय रहेको "साघुँरो"लाई बिनोद पौडेलको कथा तथा पटकथामा निर्देशक जोएश पाण्डेले निर्देशन गरेका हुन् । समिर मैनालीको निर्माणमा तयार भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अन्जय खड्काको सम्पादन रहेको छ । चलचित्रमा मदन गोपालको गित रहेको छ ।

0 comments:
Post a Comment