२०७०-०१-०६
फिल्मी अपडेट ,काठ्माण्डौ
Friday Film Release :दुई चलचित्रहरु पर्दामा
नेपालि चलचित्रको प्रतिषपर्धात्मक बजारमा आज सुक्रबारबाट दुई चलचित्रहरु प्रदर्शनमा आएका छन् ।
आजबाट फ्रेश रिलिजमा चलचित्र "बधशाला" र अर्को निर्देशक दिपक श्रेष्ठको प्रस्तुति नेपालि कथानक चलचित्र "हिम्मत २"पर्दामा लागेको छ। चलचित्र "हिम्मत २" भने फ्रेश चलचित्र हैन यो चलचित्र केहि समय अघि मोफसलमा प्रदर्शन भैसकेको चलचित्र हो र आजै बाट प्रदर्शनमा आउने भनिएको निर्देशक तुलशी घिमिरेको चलचित्र "दृष्टिकोण" भने अनिश्चित समयको लागि पछि सरेको छ ।
आजबाट प्रदर्शनमा आएका चलचित्रहरुमा "बधशाला" र "हिम्मत २" हुन् ।

"बधशाला"
चलचित्र "बधशाला" मा सशस्त्र द्धन्द्ध कालमा तात्कालिन शाही सेनाले भैरवनाथ गणमा बन्दीलाई दिएको चरम यातनालाई निर्देशक मनोज पण्डितले चलचित्र मार्फत देखाउन खोजेका छन् । यस किसिमको घटना बाहिर आएर शान्ति प्रक्रिया भाँडिने भन्दै नेपाली सेनाले ‘बधशाला’ को प्रदर्शनमा रोक लगाएको थियो , त्यसैले पनि चलचित्रले आफ्नो पहिला निर्धारित गरेको प्रदर्शन मितिबाट पछाडी सर्नु परेको थियो । यद्दपि सेनाले गरेको अबरोधको बिरोधमा चलचित्र क्षेत्रबाट निरन्तर आवाज उठ्न थालेपछी चलचित्र "बधशाला" मा समाबेश केहि दृश्य समायोजन गरि चलचित्र प्रदर्शनमा आएको छ ।

स्म्यासीङ एप्पलको ब्यानरमा निर्माता मोहन डोटेल द्वारा निर्मित चलचित्र "बधशाला" मा अनुप बराल, अर्पण थापा, सौगात मल्ल, दयाह्याङ राई, खगेन्द्र लामिछाने, सरिता गिरी र समुना के.सी लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।
चलचित्र "बधशाला" आज बाट राजधानीको QFX लगायात देशभरका मेजर हलहरुमा एकै साथ् प्रदर्शनमा प्रदर्शनमा आएको छ ।
"हिम्मत २"
निर्देशक दिपक श्रेष्ठ द्वारा निर्देशित अनि रेखा थापा द्वारा निर्मित चलचित्र "हिम्मत" को अपार सफलता पछि निर्देशक दिपक श्रेष्ठले आफ्नै ब्यानर पन्चकन्या फिल्म्स मार्फत "हिम्मत" को पार्ट दुई "हिम्मत २" निर्माण गरेका हुन् ।

"हिम्मत २" केहि महिना अघि मोफसलका हलहरुमा सफल प्रदर्शन पश्चात आजबाट राजधानीका पर्दामा लागेको हो ।
चलचित्रमा बिराज भट्ट र युना उप्रेती प्रमुख भूमिकामा रहेका छन् ।

0 comments:
Post a Comment