२०६९-१२-२४
प्रणप सुबेदी ,काठ्माण्डौ
माहानायक राजेश हमालको नाम दुई ओटा रहेको कुरा सार्बजानिक
राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् जस्लाई माहानायकको उपनामले संमबोधन गरिन्छ ।
माहानायक राजेश हमालको जन्म १९६४ जुन ९ तारिखमा पाल्पा जिल्लाको तानसेनमा भएको हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भुमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ।

विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम् ए इङ्गलिस) भारतको पंजाब विश्वविद्यालयबाट पुरा गरेका हमालाले कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा अध्ययन गरेका थिए।
हमालाले नेपाली चलचित्र लगायत पाकिस्तानी चलचित्रमा पनि उनले अभिनय गरेका छन्।
योत भयो माहानायक हमालको बायोग्राफी र अब उनको अर्को कुरा गरौ । माहानायक हमाल अहिले सम्म अबिबाहित हुनुहुन्छ र बेलाबेलाम उनको बिबाहको प्रशङ्ग यदाकदा सुन्न पनि पाइन्छ तर उनले कहिले बिबाह गर्नेहुन यो भने अन्दाज पनि गर्न गाह्रो छ । हालई एक कार्यक्रममा उनेल आफ्नो बेक्तिगत कुरा खोलेका छन । माहानायक हमालको अर्को पनि उपनाम रहेछ ।
उनलाई हामिले माहानायक राजेश हमाल भनेर चिन्छौ यो सबैले थाहा पाएको कुरा हो तर उनको घरमा उनलाई राजेश भनेर परिवारका कोही सदस्यले पनि भन्दैनन । उनलाई परिवारमा सबैले राजु भनेर बोलाउने गर्दछन । यो कुरा उनले पहिलो पटक सार्बजानिक गरेका हुन ।
"मलाईइ मेरो घरमा कसैले पनि राजेश भन्नु हुन्न सबैले मलाई राजु भन्नु हुन्छ " माहानायक राजेश हमाल ।
चलचित्र "किशान" का एक बाल कलाकारसँग हिजो एक कार्यक्रममा भेट्दा उनले बाबुको नाम के हो ? भनि सोधेका थिए र सो बाल कलाकारले "मेरो नाम राजु हो" भन्दा माहानायक हमालाले पनि मन्द मुस्कान दिँदै "मेरो घरमा बोलाउने नाम पनि राजु हो" भन्नु भएको थिए ।
0 comments:
Post a Comment