123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:32 PM
0
२०७०-०१-०९
फिल्मी अपडेट ,काठ्माण्डौ

भारतिय चलचित्र "दिल" जस्तै छ मेरो चलचित्र "दिल" निर्माता {फस्ट लुक}
नेपालि कथानक चलचित्र "दिल" ले आज आफ्नो अनुहार सार्बजानिक गरेको छ साथै चलचित्रको अडियो गित पनि फिल्मी अपडेट मार्फत सार्बजानिक गरेको छ .नव नायक मनोज श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र "दिल"आगामी जेठ ३ गते देशभर एकै साथ् प्रदर्शन हुने भएको छ । सार्बजानिक गरिएको  फस्ट लुकमा चलचित्रको केहि पोस्टर रहेका छन् भने अडियो गित पनि रहेको छ  ।

चलचित्र "दिल" भारतीय चर्चित चलचित्र  "दिल" संग जोडिएको छ र उस्तै मिल्न गएको छ भन्दा फरक पर्दैन यद्दपि चलचित्र कपि भनेर भन्न भने खोजेको हैनौ । भारतीय चलचित्र "दिल" मा नायक अमिर खान र नायिका माधुरी दीक्षितले अभिनय गरेका थिए र सो चलचित्रमा नायक अमिर खान नयाँ अनुहारको रुपमा माधुरी संग पर्दामा देखिएका थिए र नायिका भने धेरै पुरानो भैसकेकी थिइन् र उक्त चलचित्र दिलको संगीत पक्ष पनि राम्रों थियो जस्मा सबै गितहरु पनि राम्रा थिए ।

अब कुरा गरौ नेपालि कथानक चलचित्र "दिल" को यसमा नायकको रुपमा नव नायक मनोज श्रेठ देखा पर्दैछन भने नायिका झरना थापा संगै देखिदैछिंन । आमिर र माधुरी जस्तै यी दुबैको केमिस्ट्रि हेर्दा र नेपालि कथानक चलचित्र "दिल' को गितहरु सुन्दा यो चलचित्रले पनि भारतीय चलचित्र "दिल" को सम्झना दिलाउछ । येद्दपी चलचित्र भने पूर्ण नेपालि रहेको बताउछन निर्माण पक्ष । चलचित्र "दिल"मा नाम चलेका र पछिल्लो समय निकै हिट गितहरु दिंदै आएका गायक , गायिकाहरुको स्वोर रहेको छ  । प्रशान्त तामाङ् , दिपक लिम्बु ,प्रमोद खरेल ,राजीना रिमाल ,माण्डबि त्रिपाठी ,सहिमा श्रेष्ठ ,बिरेन्द्र अग्रहरी र नव गायिका सरिता पन्थिको स्वोर चलचित्रमा रहेको एस चलचित्रमा कुल ६ गित समाबेश रहेका छन्। click here for songs

शंकर अधिकारि धायल , मनोज श्रेष्ठ र चन्द्र कुमार भट्टराइ लगायतकाको शव्दहरु रहेको यस चलचित्रमा  मनोज श्रेष्ठ , भरना  थापा , कमल कृष्ण , दिनेश शर्मा , ममता प्रधान , उत्तम केशी ,हिमाल केशी , बाल्दिप राइ सुभाष गजुरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रलाई  एन एम बि फ्रेन्डसको व्यानरमा बल बहादुर गोदार बाल्दर , नारायण लव्ली , तथा मनोज श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन्  ।  चलचित्र दिल जेठ "३" गते बाट देश भर प्रदर्शनमा आउने भएको छ  ।

0 comments: