123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:31 PM
0
२०७०-०१-०१
फिल्मी अपडेट्,काठ्माण्डौ


 'काठमाण्डौ सर्ट फिल्म फेस्टा'मा शून्य' उत्कृष्ट 
छायाँछबिले आयोजना गरेको गरेको  'काठमाण्डौ सर्ट फिल्म फेस्टा'मा नेपालको शिक्षाको बिषयमा निर्माण गरिएको सर्ट फिल्म 'शून्य' उत्कृष्ट भएको छ ।


लघु चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यका राजधानीमा आयोजना गरिएको 'काठमाण्डौ सर्ट फिल्म फेस्टा'मा निर्देशक आकाश अधिकारी, ओम प्रतिक, सञ्चारकर्मी दीपेन्द्र लामा र महिला छायाँकार सवनम मुखियाको निर्णायक मण्डली रहेको थियो । र यसै निर्णायक मण्डलीले ५ मिनेटको समय अबधि रहेको हिरन श्रेष्ठ द्वारा निर्देशित चलचित्र "शून्य" लाई उत्कृष्ट सर्ट फिल्म घोषित गरि नगद रु १० हजार रूपैंयाले पुरस्कृत गरियो ।
 

यस्तै 'काठमाण्डौ सर्ट फिल्म फेस्टा'मा सैलुङको चौंरी व्यवसाय र त्यहाँको जनजीवनलाई चित्रण गरेर निर्माण गरिएको 'चौंरी गोठ तर छैन'ले डकुमेन्ट्री तर्फ उत्कृष्ट भयो भने 'चौंरी गोठ तर छैन'ले पनि रु १० हजार रूपैंया नगद पुरस्कार प्राप्त गरेको छ ।


 कुल ३६ सर्ट फिल्म प्रतिशपर्दा सहभागी भएका थिए भने  'द वाईन ओपनर' नामक फिल्म तथा डकुमेन्टृले  ले जुरी अवार्ड पायो र  'अन्तिम सन्देश'ले प्रोत्साहन अवार्ड पाप्त गर्यो ।
"महायात्रा" डकुमेण्ट्रीले बेस्ट म्यासेजको अवार्ड उचाल्यो भने 'मेप्वाया'ले पब्लिक च्वाईस अवार्डमा चित्त बुझायो।

0 comments: