123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:44 AM
0
२०७०-०१-०८
फिल्मी अपडेट ,काठ्माण्डौ

"दब्दबा" को प्रदर्शन मिति जेठ १७ मा / निर्माताले भने "हरहालतमा मिति सार्दिन"
नेपालि कथानक चलचित्र "दब्दबा" जेठ १७ गते देखि देशभरका विभिन्न हलहरुबाट एकसाथ प्रदर्शनमा आउने भएको छ । हाल चलचित्रको प्रमोसन र पब्लिसिटीमा जुटेको चलचित्र  "दब्दबा" को टिम। चलचित्र "दब्दबा"जेठ १७ गते देखि नै प्रदर्शनमा आउने र कुनै पनि हालतमा चलचित्रको प्रदर्शन मितिमा हेरफेर नगर्ने निर्माण पक्ष्यले फिल्मी अपडेटलाई बताए।
निर्माता रत्न प्रशादका अनुशार "म हर हालतमा चलचित्र  "दब्दबा" जेठ १७ गते मा नै प्रदर्शन गराउनेछु र  अहिले यसैको प्रमोसनमा जुटेको छु" ।
त्यस्तै यसै चलचित्र "दब्दबा" का निर्देशक एम .एस अग्रज भन्दछन "मेरो चलचित्र म पूर्व निर्धारित मिति जेठ १७ गतेमा नै पर्दर्शन गर्नेछु  "दब्दबा" को प्रदर्शन मिती सार्दिन।

स्मरण रहोश यस चलचित्रमा गायिका कोमल ओलिको पनि अभिनय रहेको छ । पहिलो चलचित्रमा घुमन्ते भट्टीवालीको भूमिका निभाएकी गायिका वलीले चलचित्रमा राम्रो अभिनय गरेको  निर्देशक एम .एस अग्रजले बताए । चलचित्रका सम्बन्धमा ओलीले भने यस चलचित्रबाट दर्शकहरुलाई भिन्न किसिमको टेस्ट दिने प्रतिक्रिया दिन्छिन् ।

क्राईम र थ्रीलर रहेको यस चलचित्र "दब्दबा"युबाहरुको अहिलेको  अवस्था देखाउने चलचित्र हो ,जस्माकोमल ओलि , बिशाल पोख्रेल्, आर्जु अधिकारि, गणेश उप्रेती , सुबाश कार्कि,  बिरसबाबु षाही , बिरेशप्रसाद दाहाल ,बिष्णु मोक्तान , अनुप थापा ,पन्कज षर्मा, ईन्द्र तामाङ्, अनि  गणेश उप्रेत्री  लगाएतकाको मुख्य अभिनय रहेको छ ।

पुनम फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा रहेको एउटा गित अहिले निकै चर्चाको सिँढिमा पुग्न सफल भएको छ ।
"सदैभरी शाईली भट्टी माइ भयो बाश्" बोलको गित अहिले निकै चर्चामा  छ ,सो गीतमा गायिका तथा अभिनेत्री कोमल ओलीको लचिलो नृत्य रहेको छ साथमा नायक बिशाल पोखरेलको पनि अभिनाय गीतमा रहेको छ ।

0 comments: