२०६९-१२-२२
फिल्मी अपडेट ,काठ्माण्डौ

चलचित्र पत्रकार बिजय आवाजलाई नायिका सुमिना घिमिरेले ज्यान मार्ने धम्की दिनुको साथै र अशभ्य बोलि बोलेकी थिईन । संघका केन्द्रिय सदस्य समेत रहेका अनलाइन खबर डटकमका रंग पत्रकार बिजय आवाज सुवेदीलाई नायिका घिमीरेले अत्यन्त असभ्य र असामाजिक भाषामा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएकी थिइन् । सुन्नको लागि याँहा क्लिक गर्नुहोश ।
Clik Here
नायिका सुमिना घिमिरेको बिषयमा नेपाल पत्रकार महासंघ र नेपाल चलचित्र पत्रकार संघले र नेपाल चलचित्र पत्रकार संघ सर्लाही–महोत्तरी शाखाले छुट्टाछुट्टै विज्ञप्ति निकाली यस बिषय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै ज्यान मार्ने धम्कीको कडा शब्दमा निन्दा गरेको छ । यस्तै पत्रकार महासंघ र चलचित्र पत्रकार संघले घटनाप्रति क्षमायाचना गर्न र प्रेसको संवैधानिक मर्यादालाई ख्याल गर्न नायिका घिमिरेको ध्यानाकर्षण गराएको छ । साथै नेपाल चलचित्र पत्रकार संघ सर्लाही–महोत्तरी शाखाले सुमिनाको चलचित्र ,चलचित्रको गित र उनको समाचार बशिस्कार गर्ने अठोट सहितको प्रेस बिगप्ति सार्बाजिन गरिएको छ । र पत्रकार सुवेदी सँग माफी नमागे सम्म अभिनेत्री घिमीरे लाई वहिष्कार गर्ने शाखाका सचिव प्रदिप कार्की व्दारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
मंगलबार अनलाइनखबरमा ‘सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना’ शीर्षकमा नायिका सुमिनाले खेलेका चलचित्र नचलेको र फिल्म घाटामा गएको समाचार प्रकाशित भएपछि फोन गरेर नायिका घिमिरेले पत्रकार विजय लाई ‘टाउको झोलामा र खुट्टा खोलामा पुर्याइदिने भनेकी थिइन् । शाखाले गल्ती स्वीकार गर्दै पत्रकार सुवेदी सँग माफी माग्न अभिनेत्री घिमीरे सँग आग्रह गरेको छ ।
साथै नायिका सुमिना घिमिरेले आफ्नो धरातल बिर्शिएर बोलेको बोली सुनेर उनि सँगै काम गर्ने कलाकार साथीहरु पनि अचम्मित भएकाछन र सबैले उनको यस्तो ब्याबहर देखेर आफु अचम्मित भएको बिचार बेक्त गरेका छन ।

निर्माता नायक तथा प्रस्तुतकर्ता करण कारण क्रेजी ले पनि उनको यस्तो ब्याबहार र बोलिले आफु पनि अचम्मित बनेको र नायिका सुमिना घिमिरे प्रती आफ्नो पनि घोर भद्श्ना रहेको र नायिका घिमिरेले तत्काल माफी माग्नु पर्ने बिचार उनले दिए ।
नेपाल पत्रकार महासंघको विज्ञप्ति
प्रेस विज्ञप्ति
समाचारको विषयलाई लिएर अभिनेत्री सुमीना घिमिरेले चैत्र २० गते साँझ अनलाइन खबर डटकम र रेडियो कान्तिपुरका पत्रकार बिजय आवाज सुवेदीलाई तल्लोस्तरको भाषामा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
अभिनेत्री घिमिरेले आगामी दिनमा आफ्ना बारेमा कुनै पनि समाचार नलेख्न धम्क्याउँदै टाउको झोलामा र खुट्टा खोलामा पुर्याईदिने भन्दै पत्रकार सुवेदीलाई आपराधिक ढंगबाट ज्यान मार्ने धम्की दिएकी थिइन् ।
प्रकाशित समाचारप्रति गुनासो वा असहमति भए त्यस उपर बैधानिक बाटो रोज्ने विकल्प हुँदाहुँदै सबै जनताले माया गर्ने कलाकारबाट यस किसिमको अशोभनीय कार्य हुनु आफैंमा निन्दनीय छ । चललित्रका हरेक गतिविधिका बारेमा आमजनतालाई सुसूचित गराउने पत्रकारलाई दिइएको ज्यान धम्कीको महासंघ कडा शब्दमा निन्दा गर्दछ । र, घटनाप्रति क्षमायाचना गर्न र प्रेसको संवैधानिक मर्यादालाई ख्याल गर्न अभिनेत्री घिमिरेको ध्यानाकर्षण गराउँदछ ।
ओम शर्मा
महासचिव
नेपाल पत्रकार महासंघ
नेपाल चलचित्र पत्रकार संघको विज्ञप्ति
प्रेस विज्ञप्ति
अभिनेत्री सुमीना घिमीरेले मंगलबार साँझ समाचारको विषयलाई लिएर यस संघका केन्द्रिय सदस्य तथा अनलाइन खबर डटकम र रेडियो कान्तिपुरका पत्रकार बिजय आवाज सुवेदीलाई अत्यन्त तल्लो स्तरको तुच्छ, निकृष्ट, असभ्य र असामाजिक भाषामा गालीगलौज गर्दै ज्यानको धम्कीसमेत दिएको घटनाप्रति संघ घोर निन्दा गर्दछ । अभिव्यक्ति स्वतन्त्रताका हिमायती राष्ट्रकै चौथो अंग एक पत्रकारलाई आगामी दिनमा आफ्ना बारेमा कुनै समाचार नलेख्न तथा टाउको झोला र खुट्टा खोलामा पुर्याइदिने भन्दै आपराधिक ढंगबाट दिइएको धम्की प्रति संघ गम्भिर भएको छ ।
एक सक्रिय पत्रकारमाथि एउटी उदाउँदी अभिनेत्रीले गरेको यो निन्दनीय हर्कतले सम्पूर्ण चलचित्र पत्रकार र पत्रकारिता जगत स्तब्ध भएको छ । अभिनेत्री घिमीरेले पत्रकार सुवेदीलाई दिएको ज्यान मार्ने धम्कीको चलचित्र पत्रकार संघ निन्दा र घोर बिरोध गर्दछ । न्युनतम मर्यादासमेत नाघेर पत्रकारलाई ज्यानको धम्की दिएकाले अभिनेत्री घिमीरेले गल्ती स्वीकार गर्दै जिम्मेवार नागरीक र नेपाली चलचित्र क्षेत्रको अंगका रुपमा प्रस्तुत गर्दै आफूलाई नसच्याए संघ उनलाई बहिष्कारसम्म गर्न बाध्य हुनेछ ।
लक्ष्मण सुवेदी
महासचिव
चलचित्र पत्रकार संघ
नेपाल चलचित्र पत्रकार संघ नेपाल चलचित्र पत्रकार संघ सर्लाही–महोत्तरी शाखाको विज्ञप्ति

0 comments:
Post a Comment