२०६९-१२-२३
फिल्मी अपडेट ,काठ्माण्डौ
FRIDAY FILM RELEASE दुई चलचित्रहरु पर्दामा
यो हप्ता फ्राईडे रिलिज अन्तर्गत दुई चलचित्रहरु प्रदर्शनमा आएकाछन ।
नेपाली कथानक चलचित्र "किशान्" र "भिजिलान्ते" यि दुई चलचित्रहरु उपत्तेका भित्र र बाहिर गरी देशभर एकै साथ प्रदर्शनमा आएका छन ।

"किशान्"
क्यु सिस्टम मार्फत देशभर करिब ४५ ओटा भन्दा बढी हलहरुमा प्रदर्शन भएकोछ ।
तिन वर्ष अघि नै प्रदर्शनको लागि तयार तयार भएको चलचित्र "किशान" निर्देशक विमल पौडेल निर्देशित र अभिनित चलचित्र हो ।
किसानहरुको बास्तबिक जीवन कथामा रहेर तयार पारिएको चलचित्रको सांगतिक पक्ष भने नि कै नै बलियो रहेको छ चलचित्र मा चार ओटा गित रहेको छ भने 'इशोर त तेसै ठुलो मान्छे लै सलाम " बोलको गित निकै नै चर्चामा रहेको छ जसलाई चेतन सापकोटाले स्पर बद्द गर्नु भएको छ ।चलचित्र पूर्ण रुपले किशानको कथामा बनाईएको छ भने चलचित्रको निर्माण बजेट करिब ७० लाख पुगेको बताउछन निर्माण पक्ष । यो फिल्म राजधानीका १४ र मोफसलका ३० वटा पर्दामा रिलिज हुँदैछ ।

बसन्त कुमार श्रेष्ठको प्रस्तुती रहेको चलचित्र "किशान" कालिगण्डकी सिने म्याक्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र हो जसमा नायक राजेश हमाल,गणेश उप्रेती, नीर शाह, राजेश ढुंगाना, मौसमी मल्ल, नन्दिता केसी, नीता ढुङ्गाना, राहुल केसी, बिमल पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलाचितामा संगीतकार चेतन सापकोटा भिलेनको रुपमा पर्दामा देखिदै छन् साथै चलचित्रमा राजु केसीको छायाँकन, रोशन श्रेष्ठको द्वन्द रहेको छ ।
'भिजिलान्ते'
पहिलो पटक थ्रीडी प्रबिधिमा निर्माण गरिएको सन्पेन्स थ्रील फिल्म 'भिजिलान्ते' एक प्रतिक्षित फिल्मको लिस्टमा रहेको चलचित्र हो ।

शान बस्न्यातको स्क्रिप्टमा फिल्ममा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । चलचित्र "भिजिलान्ते" लाई यसअघि "चपली हाईट" निर्देशन गरिसकेका निर्देशक दीपेन्द्र के खनालले निर्माण तथा निर्देशन गरेका हुन् ।
0 comments:
Post a Comment