२०७०-०१-०५
फिल्मी अपडेट्,काठ्माण्डौ
साहिल फिल्म्स संग खुस्बुको "एक्सिडेन्ट"
एस अघि नेपालि कथानक चलचित्र "मेरो राजेश दाई" निर्माण गरिसकेका प्रस्तुतकर्ता सन्देश बराईलीको दोश्रो प्रस्तुति नेपालि कथानक चलचित्र "एक्सिडेन्ट" आगामी बैशाख ६ गते बाट फ्लोरमा जाने भएको छ ।
साहिल फिल्म्सको दोश्रो प्रस्तुति नेपालि कथानक चलचित्र "एक्सिडेन्ट"पूर्वको सिन्धुलीबाट छायाकंन सुरु गरि सिन्धुली , काभ्रे ,बर्दिबाश आदि स्थानहरुमा छायांकन सकी २५ गते बाँकी छायाकंनको लागि काठमाण्डौ फर्किने योजना गरेको छ ।

कृष्ण अनमोलको लेखन तथा निर्देशनमा तयार हुन लागेको एस चलचित्रमा नायिकाको रुपमा नब नायिका खुस्बु पौडेलले अभिनय गर्दैछिन् । यस अघि कुनै पनि चलचित्रमा काम नगरेकी नव नायिका खुस्बु यसै चलचित्र मार्फत नेपालि चलचित्र रजतपटमा नायिकाको रुपमा पाईला टेक्दै छिन् ।

"यस अघि पनि मलाई धेरै चलचित्रमा काम गर्नको लागि अफर आएको थियो तर मलाई अन्य चलचित्रको कथा चित्त बुझेन तर जब चलचित्र "एक्सिडेन्ट" को लागि मालाई अफर आयो मैले यस चलचित्रको कथा र मेरो क्यारेक्टर हेर र पढे तब मलाई एसको कथा मन पर्यो र सिनेमा हलबाट दर्शकहरुले चलाचित्रहेरेर फर्केपछि चलचित्र भित्रको मेरो पात्रलाइ सम्झिने भएर मैले यस लचित्रमा काम गर्ने निर्णय गरेको हुँ " नब नायिका खुस्बु पौडेल ।

निर्माता सागर संगमको लगानीमा तथा बशन्त सापकोटाको संगीत अनि रोशन श्रेष्ठको दोन्द रहने एस चलचित्रमा छ्यानाकं गणेश श्रेष्ठले समाल्ने भएका छन् । सम्पादन बिपिन मल्लको रहने यस चलचित्रमा
कलाकारहरुमा नब प्रस्तुति खुस्बु पौडेल ,नायक मुकेश ढकाल , अभय चन्द ,किरण थापा ,तथा रमेश घतानी लगायतकाको अभिनय रहनेछ ।

0 comments:
Post a Comment