२०६९-१२-२०
फिल्मी अपडेट ,काठ्माण्डौ
बैशाख १२ गते धरान चलचित्रकर्मिहरुले भरिने / धरानमा चलचित्र महोत्सब हामीले हिजो मात्र नेश्नल अवार्ड हुने र बिकाश बोर्डको नयाँ कदमको कुरा गरेका थियोउ तेसै अनुरुप आज बिकास बोर्डका सदस्य नीलहरी काफ्लेले यस पटकको राष्ट्रिय चलचित्र महोत्सव पूर्वाञ्चलको धरानमा गर्ने तयारी भएको बताएका छन् ।
गत वर्ष भन्दा भब्य र शालीन हुने यस पटकको महोत्सब पनि मोफसल केन्द्रित नै रहेको छ ।
चलचित्र महोत्सव चलचित्र बिकास बोर्डको आयोजनामा हुन लागिएको हो र बैशाखको तेस्रो साता हुने पक्का पक्कि भएको बोर्ड सदस्यले हामीलाई जानकारी गराएका छन् ।
'यस पटक भने बिबाद हिन र भिन्न , सभ्य र सभ्य शैलीमा हामी कार्यक्रम आयोजना गर्देछौ तेसैले पनि सम्भवत यो पटकको महोत्सव विवाद रहितमा लगायत मेरो कमिटिका साथीहरु ढुक्क छौ "सदस्स निलहरि काफ्ले ।

तीन दिन सम्म पर्येटकिय नगरी धरानमा आयोजना हुने चलचित्र महोत्सवको पूर्ण योजना र खाका भने केहि दिनमा बिकाश बोर्डले सार्बजानिक गर्ने भएको छ ।
0 comments:
Post a Comment