२०७०-०१-०३
फिल्मी अपडेट्,काठ्माण्डौ
"बितेका पल" को अडियो बिमोचन अमेरिकामा / ३०० सी डि एकै दिन बिक्रि
गत आईतबार नब वर्ष २०७० शालको सुरुवात सगै नेपालि कथानक चलचित्र "बितेका पल" ले अमेरिकामा एक कार्यक्रमका बीच अडियो लन्च गर्यो ।

अमेरिकाको वसिङ्टन शहरमा गरिएको अडियो बिमोचन पछी उपस्थित संगीत प्रेमिले गित सुनिसकेपछि गित रार्मो लागेको र चलचित्र कहिलेबाट अमेरिकामा प्रदर्शनमा आउँछ भेन्न जिज्ञासा राखेको बताऊँछन निर्माण पक्ष । वसिङ्टनमा गरिएको यल्बम बिमोचनमा एकै दिनमा ३०० प्रति सी डि बिक्रि भएको बताए निर्माण पक्षले र अमेरिकाको अन्य शहर Arizona ,California ,Colorado ,Georgia ,Idaho , Illinois, Maryland, Massachusetts,Michigan, Minnesota,Nebraska Nevada ,New York NY , North Carolina ,North Dakota ,,Ohio ,Oregon , Pennsylvania ,South Carolina,South Dakota , Texas ,Utah,Virginia , Wisconsin , Wyoming लगाएतका शहरहरुमा पनि अडियो सी डि पुगिसकेको र बिक्रि भईरहेको 'निर्माण पक्ष बताएका छन् अहिले सम्म करिब १००० सी डि बिक्रि भैसकेको निर्माण पक्षले हामीलाई जानकारी गराएका छन् ।

बिग प्रोडक्सन हाउस प्रा. ली.को ब्यानरमा निर्माण भएको चलचित्रमा बाबु बोगटी ,दिपक लिम्बु ,शिभ परियार ,सनुप पौडेल,प्रकृति गिरि र नब गायिका जिना घतानिको आवाज रहेको चलचित्रमा नायक बाबु बोगटी , अभिनास गुरुङ , आकाश बाबु अनि नायिका केकी अधिकारि र नब प्रस्तुति इन्दु सुब्बाको अभिनय रहेको छ। ९५% छयांकन दार्जलिङ्गमा गरिएको एस चलचित्र "बितेका पल" ५ % भने काठमान्डौमा गरिएको थियो । सुरज सुब्बा नाल्बोको निर्देशनमा तयार भएको चलचित्र "बितेका पल" को प्रदर्शन मिति भने पक्का गरिएको छैन ।
0 comments:
Post a Comment