२०७०-०१-१३
अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव बिहिबार देखी राजधानिमा सुरु
बिहिबार देखि राजधानीमा ‘आमसञ्चारमा आदिवासीको समान पहुँच र सहभागीता’ भन्ने नाराका साथ 'आदिवासी चलचित्र महोत्सव' शुरुभएको छ ।
चार दिनसम्म चल्ने महोत्सब राजधानीको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा सुरु भएको छ ।

नेपाल सहित करिब १७ देशका झण्डै ५० वटा लामा तथा छोटा चलचित्र, वृत्तचित्र, एनिमेशन चलचित्र, प्रयोगात्मक चलचित्र, म्यूजिक भिडियोहरु महोत्सब प्रदर्शन गरिने जानकारी प्राप्त भएको छ ।
मगर, धिमाल, नेवार, गुरुङ, तामाङ, राई, लिम्बु, चेपाङ, थकाली, थारु समुदायका विभिन्न २३ वटा चलचित्र, बृत्तचित्र तथा म्यूजिक भिडियोहरु नेपालको तर्फ बाट प्रदर्शन हुनेछन् । साथै महोत्सबमा आदिवासी चलचित्रकर्मीले निर्माण गरेको गैरआदिवासी विषयका चलचित्र पनि महोत्सवमा प्राथामिकता का साथ् प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इक्वेडर, जर्मनी, होन्डुरस, भारत, इजरालय, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, रसिया, इथोपिया, स्पेन, स्विट्जरल्यान्ड, पेरु, ताइवान, अमेरिका तथा नेपालका चलचित्र सहभागी छन् ।
महोत्सवको अन्तिम दिन अर्थात बैसाख १५ गते महोत्सवमा समावेश भएका चलचित्रहरु मध्येबाट उत्कृष्ट तीन चलचित्र र 'नेपाल प्यानोरमा' अन्तर्गत पर्न सफल हुने चलचित्रलाई उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने भएको छ । सहभागी हुने चलचित्रमध्येबाट प्रथम, द्वितीय र तृतीयलाई क्रमशः गोल्डेन ड्रम, सिल्भर ड्रम र ब्रन्ज ड्रम प्रदान गरिनेछ ।
फिल्मी अपडेट्,काठ्माण्डौ

0 comments:
Post a Comment