२०७०-०१-०८
फिल्मी अपडेट ,काठ्माण्डौ
समाजको बिशेष साधारण सभा सम्पन्न / चुनाव बैसाख १४ मा हुने
"नेपालि समाजको सार्थक चित्र निर्देशकको अभिबेक्त्ति चलचित्र" भन्ने मूल मन्त्र बोकेको नेपाल चलचित्र निर्देशक समाजले शनिबार राजधानीको चाबाहिल इस्थित "नेपाल चलचित्र बिकाश बोर्ड"मा आफ्नो बिशेष साधारण सभा कार्यक्रमको आयोजना गर्यो साथै सोहि अबशरमा "तेश्रो रास्ट्रिय चलचित्र कार्यर्शाला २०६९ घलेगाउँ " का सहभागीहरुलाई प्रमाण पत्र पनि वितरण गर्यो।

"तेश्रो रास्ट्रिय चलचित्र कार्यर्शाला २०६९" मा शहभागी भएका र सो अबशरमा सहभागीहरुले बनाएको ७ ओटा लघु चलचित्रहरु मध्ये उत्कृस्ट लघु चलचित्र निर्माण गर्ने टिमलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
कुल सात समुह रहेको टिम मध्ये बाट "मन्सरि" नामक लघु चलचित्र उत्कृस्ट भएको थियो । उत्कृस्ट लघु चलचित्र "मन्सरि" निर्माण गर्ने टिमलाई शनिबार नै "नेपाल चलचित्र बिकास बोर्ड" का अधक्ष्य धर्मेन्द्र मर्बौता {पप्पु} ले पुरस्कार प्रदान गर्नु भएको थियो भने पुरस्कारको राशि नगद रु दश हजार रहेको थियो ।

बस्तु त :
हिजो आयोजित पहिलो चरणको प्रमाण पत्र वितरण तथा पुरस्कार वितरण समारोह पछि लगत्तै बन्द सत्रमा प्रवेश गरेको निर्देशक समाजले आज बसेको साधारण सभाको निस्कर्स पनि निकालेको छ
जस अनुरुप बैसाख १४ गते निर्बाचन गर्ने निर्णय गरेको छ । निर्देशक समाजको पूर्ब अध्यक्ष के पि पाठकको संयोजकत्वमा आज चलचित्र बिकाश बोर्डमा आयोजना गरेको बिषेश साधारण सभाले यो मिति तय गरेको हो ।
बैसाख १४ गते हुने निर्बाचनमा अध्यक्ष पदका लागि भने दिनेश डि सि र नरेश पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ भने महासचिव को पदमा भने एम एस अग्रज र निर्देशक ऋषी लामिछानेबिच प्रतिस्पर्धा हुनेछ ।
0 comments:
Post a Comment