123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:53 PM
0
२०७०-०१-१०
फिल्मी अपडेट ,काठ्माण्डौ

मन्त्रालयले नरोक्ने भयो निशा र अर्जुनलाई
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नायिका निशा अधिकारी र नायक अर्जुन -जितबहादुर) कार्कीलाई बिश्वको सर्वौच्च शिखर सगरमाथा आरोहण गर्नबाट नरोक्ने भएको छ ।सेभेन समिट ट्रेक एक्स्पिडिसनमार्फत हाइअल्टिच्युड वर्करका रुपमा सगरमाथा चढ्न गएका उनीहरु प्रक्रियागत रुपमा गएकाले मन्त्रालयले नरोक्ने मन्त्रालयका लेखापाल तिलक पाण्डेले बताए ।

निशाले सगरमाथा आरोहणका लागि चाइचिज टिमको हेल्परको अनुमति मन्त्रालयबाट लिएको र अर्जुन कार्कीले पनि सक्कली नाम जितबहादुर कार्कीको नामबाट हेल्परकै रुपमा अनुमति लिएकाले उनीहरुलाई रोक्न नमिल्ने बताइएको छ ।

सबैभन्दा बढी सगरमाथा चढेर कीर्तिमानी कायम गर्ने साहसिक आरोही आप्पा शेर्पाले समेत हेल्परकै रुपमा सगरमाथा चढेको भन्दै लेखापाल पाण्डेले नायक/नायिका दुवैजना प्रक्रियागत रुपमा गएको बताए । उनले कसैले ट्रेकिङ एजेन्सीलाई रकम तिर्छ वा पारिश्रमिक लिन्छ भन्दा पनि आफूहरुले प्रक्रिया हेर्ने भएकोले प्रक्रिया पूरा भएको उल्लेख गरे । रासस

0 comments: