123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:13 PM
0
२०६९-१२-२२ 
जनक श्रेष्ठ ,लमजुङ शहकर्मी

महानायक हमालले गरे लमजुङ अस्पतालको उद्घाटन 
लमजुङको नगरोन्मुख सुन्दरबजारमा निर्माण भईरहेको नमूना सामुदायिक अस्पतालको उद्घाटन गरिएको छ । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, अमेरीकास्थित बिश्व बिख्यात दन्त बिशेषज्ञ डाक्टर रोय आलम हेमपक र लमजुङको चिती बरबोटफाँटका बयोबृद्ध १ सय १ बषिर्य बुद्धिबहादुर चेपाङले अस्पतालको हिजो संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
बुधबार उधघाटन गरेर हमाल काठमाण्डौ फर्केका थिए ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी लमजुङ जिल्ला सम्मलेन आयोजक समितिका संयोजक देवेन्द्र पराजुली, नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य प्रेमप्रसाद चिलवाल, नेकपा एमाले सचिवालय सदस्य लिलाधर सापकोटा, नेकपा माओवादीका जनक महतरा, प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, स्थानिय विकास अधिकारी बिष्णुदत्त गौतम, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष कृष्ण के.सी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भुप्रसाद ज्ञवाली लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नमुना सामुदायिक अस्पताल विकास समितिका अध्यक्ष सीताराम कोइरालाले प्रगति प्रतिवेदन र समितिका कोषाध्यक्ष देवीप्रसाद अधिकारीले आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । अस्पताल विकास समितिका सदस्य एवं सुन्दरबजार व्यवस्थापन समितिका अध्यक्ष रामबाबु श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमम समितिका
२ बर्षघिदेखि निर्माण थालिएको अस्पतालको यतिवेला पहिलो तल्लाको काम सकिएको छ, दोश्रो तल्लाको काम निर्माण भईरहेको छ । पुस मसान्तसम्ममा भबन निर्माण सक्न ताकेता गरेको दातृ निकायले पछिल्लो समयमा चैत्र सम्मको समय दिएको थियो । चैत्र सम्म निमार्ण्र्ाार्य नसके झण्डै ५० लाख बराबरको दन्त सामाग्री दिन नसकिने भन्दै दाताले चेताबनी दिँदै आएपछि अस्पतालको काम पुरा नसकिँदै उद्घाटन गरिएको अस्पताल भवन निर्माण समितिका अध्यक्ष परमेश्वर अधिकारीले वताउनुभयो । लमजुङ र तनहँुका झण्डै १९ गाँउ बिकास समितिका बासिन्दालाई सेवा दिँदै आएको नमुना सामुदायिक अस्पतालमा पश्चिमाञ्चलकै नमुना दन्तक्लिनिक स्थापना गरिएको छ । यसैगरी अस्पताल उद्घाटनकै अवसर पारेर आजदेखि ३ दिन सम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका बिशेषज्ञ डाक्टरहरुद्घारा दन्तसहितका स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।

0 comments: