२०६९-१२-३०
फिल्मी अपडेट ,काठ्माण्डौ
"एउटा सुझाब नेपाली चलचित्रकर्मीहरुलाई।"निर्देशक सुर्य बोहरा
नेपालि चलचित्रलाई सम्मान र नेपालि चलचित्र जगतको हित चाहने र हाल अमेरिका बस्दै आएका,चलचित्रकर्मी तथा निर्देशक सूर्य बोहराले नेपाली चलचित्रको बर्तमान स्थितीलाई मध्य नजर गर्दै आफ्नो फेसबुकको वालामा सम्पुर्ण चलचित्रकर्मी लगायत नेपाली चलचित्रसँग प्रतक्ष्य या अप्रतक्ष्य सरोकार राख्ने सम्पूर्णलाई एउटा अनुरोध गरेकाछन ।
निर्देशक सुर्य बोहराको वाल बाट फिल्मी अपडेट्ले साभार गरेको वाहाको स्ट्टाटस

मेरा सम्पूर्ण चलचित्रकर्मी साथिहरु !!
नेपाली सिनेमा आज कता जाँदै छ ??!!
जवाफ हामी लाई थाहै , छैन र ? हामी नेपाली चलचित्र लेखन , निर्देशन , निर्माण , अभिनय , चलचित्र पत्रकारिता लगायत नेपाली सिनेमा संग सम्बन्धित विभिन्न पेशामा लागेका हामीहरु अब भने ब्युझनु नै पर्छ !! सोचौ !! कुनै बेला नेपाली सिनेमा भनेपछी एक पटक त हेर्ने पर्छ भनेर मरी मेट्ने हाम्रा दर्शकहरु कहाँ गय आज ?? किन हिन्दी सिनेमाहरु बन्द भयको बेला सम्म पनि नेपाली सिनेमा हेर्न दर्शकहरुको भिड लाग्दैन अब ?? कहाँ गय ती नेपाली सिनेमाहरुले ५१ र १०० दिन मनाउने समय ?? लाज मर्दा , भद्दा , छाडा र हिन्दी , कोरियन र अंग्रेजी लगायतका सिनेमा हरु बाट नक्कल गरेर सिनेमा बनाउने ( चोरी गर्ने ) मित्र हरु !! चित्त र दिमाग लाई फराकिलो पारेर सोचौ !! सोच्नुस !! कतै (हामी ) तपाईहरुको बेबकुफी र नालायकीपानाले नेपाली सिनेमा नै बिलयको अवस्थामा पुगेको त छैन ??
!! आउनुस ," मेरो गोरु को बारी टक्का " मनस्थिति बाट बाहिर आउँ !! मन , मस्तिक्स र आँखा खोलेर आगाडी बढौ !! शुद्द , नेपालीहरुका कथा व्यथा मा आधारित नेपाली दर्शकहरुको मुटु छुने सिनेमा निर्माण गरेर नेपाली दर्शकहरुको मन जित्ने फेरी प्रयास गरौ !! कोशिस गरे फलाम त पग्लिछ भने हाम्रा नेपाली दर्शकहरुको मन कसो नपग्लियला !!!!

निर्देशक सूर्य बोहराले मुलुकभित्रै निर्माण गरेको चलचित्र 'मुटु' अमेरिका र युरोपका केहि स्थानहरुमा हाल प्रदर्शन गर्दै आएका छ यद्दपी चलचित्र 'मुटु' को नेपालमा सार्बजानिक प्रदर्शनको मिति भने तय भएको छैन ।
यिनको यो आग्रहा समय सार्थक छ । सबैलाई चेतना भया ।
0 comments:
Post a Comment