२०६९-०५-२०
फिल्मी अपडेट
आगामि असोज १९ देखि २३ गते सम्म पर्यटकीय तथा साँस्कृतिक स्थल लमजुङ जिल्लाको घले गाउँमा हुने सो कार्यशालामा सहभागिताकालागि सम्पूर्ण चलचित्र लेखक, निर्देशक, कलाकार, निर्माता, प्राविधिक, चलचित्र समिक्षक, पत्रकार, चलचित्र अध्यनरत विधार्थीहरु र यस विधामा इच्छुक सम्पूर्णलाई आह्वान गरी नेपाल चलचित्र निर्देशक समाजले हिजो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्यो ।
‘3rd National film workship 2069’ नामक सो कार्यशालाका औचित्य र फाईदाबारे सो कार्यक्रममा चर्चा गरिएको थियो ।
५ दिन सम्म संचालनहुने उक्त कार्यक्रमको लागी निर्देशक समाजले महासचिव राजेन्द्र उप्रेतीको संयोजकत्वमा सहसंयोजक एम .एस .अग्रज, जनसम्पर्क अधिकारी राजु के.सी । र सदस्यहरु देब कुमार श्रेष्ठ, रामशरण पाठक, दुर्गा नेम्वाङ, मनोज थापा रहेको उपसमिती गठन गरेको छ । सो कार्यशालाले सो अवधिमा नै केही लघुचलचित्रहरु उत्पादनगर्ने लक्ष्य राखेको छ । साथै उक्त लघु चलचित्रहरुलाई कार्यशालाको समापन कार्यक्रममा प्रदर्शन गर्ने तथा त्यस लगत्तै ति लघुचलचित्रहरुलाई काठमाडौमा पनि एक समारोहका वीच प्रदर्शन गर्ने र छानिएको उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्ने लक्ष्य समाजले राखेको छ ।

उक्त कार्यशालाको लागी जारी गरिएको प्रेस विज्ञप्ती
पत्रकार मित्रहरु,
नेपाली चलचित्र निर्देशकहरुको एकमात्र छाता संगठन नेपाल चलचित्र निर्देशक समाजले पेशागत हकहित तथा पेशागत मर्यादा साथ साथै नेपाली चलचित्रको श्रृजनात्मक विकासकालागी विभिन्न कार्यक्रमहरु गर्दै आएको यहाँहरुलाई सर्वविदितै छ ।
निर्देशकिय क्षमतालाई कसरी अभिवृद्धि गर्ने भन्ने अभिप्रायले यस समाजले बेलाबेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र सम्बन्धि गोष्ठीहरु गर्दै आएको यहाँहरुलाई अवगत भएकै कुरा हो । यसैको उदाहरण, यस निर्देशक समाजले विगतमा चलचित्र सम्बन्धि राष्ट्रिय स्तरका चलचित्र कार्यशाला दुई पटक नगरकोटमा र अन्तर्राष्ट्रिय स्तरका चलचित्र कार्यशाला २ पटक क्रमश: चितवनको मेघौली र दोलखाको दोलखा बजारमा सम्पन्न गरिसकेको अवस्थामा अगामी दिनमा समेत चलचित्रकला, यसको प्रस्तुतीको शैली, ज्ञान, शिप, क्षमता, विकास एवं विस्तार गर्नका निम्ति थप प्रभावकारी कार्यक्रमहरुको आयोजना गर्नु पर्ने आवश्यकतालाई आत्मसात गर्दै नेपाली चलचित्रमा नेपाली मौलिक, संस्कृति र पर्यटनलाई एकैसाथ अगाडी बढाउने उद्देश्यबाट मिति २०६९ साल असोज १९ देखि २३ गते सम्म पर्यटकीय तथा साँस्कृतिक स्थल लमजुङ् जिल्लाको घले गाउँमा “Ethnicity and cinema” ‘Exploring tourism and cultural diversity’ बिषयक 3rd National film workshop 2069’ आयोजना गर्न लागिएको ब्यहोरा सहर्ष जानकारी गराउदछौँ । साथै यस कार्यशालामा सहभागिताका लागि सम्पूर्ण चलचित्र लेखक, निर्देशक, कलाकार, निर्माता, प्राविधिक, चलचित्र समिक्षक, पत्रकार, चलचित्रका अध्यनरत विधार्थीहरु र सम्पूर्ण यस विधामा इच्छुक महानभावहरुलाई आजैका मितिबाट असोज १५ सम्ममा आवेदन फारम भरी सहभागी भईदिनु हुन यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउदछौँ ।
५ दिन सम्म संचालन हुने उक्त कार्यक्रमलाई सफलिभुत रुपमा सम्पन्न गर्नका लागी यस समाजले महासचिब राजेन्द्र उप्रेतीको संयोजकत्वमा सहसंयोजकएम । एस । अग्रज, जनसम्पर्क अधिकारी राजु के ।सी । र सदस्यहरु देब कुमार श्रेष्ठ, रामशरण पाठक, दुर्गा नेम्वाङ,मनोज थापा भएको उपसमिती गठन गरेको र सो उपसमितीले कार्यक्रमको प्रारुप तयार पारी विभिन्न, संघसंस्था तथा व्यक्तिहरुमा प्रवाह गरिसकेको छ । तत सम्बन्धिकार्यशालामा समाजशास्त्री, सस्कृतिविद, पर्यटनविद र सिनेमा विषेशज्ञ श्रोत व्यक्तिका रुपमा रहने छन । उक्त कार्यशालामा समाज, सस्कृति र पर्यटनसँग सिनेमाको अन्तर्सम्बन्ध र
सिनेमामा अभिव्यक्तिको रुपमा समाज, सस्कृति र पर्यटनलाई कसरी जोड्न सकिन्छ, कथाहरुको पहिचान कसरी गर्न सकिन्छ भन्ने बिषयमा सैद्धान्तिक र व्यवहारिक अध्ययन तथा बहस हुनेछ । श्रृजनात्मक र कलात्मक सिनेमा उत्पादनका दृष्टिकोणले ब्यवहारिक रुपमा नै यस कार्यशालाले सो अवधिमा नै केही लघुचलचित्रहरु उत्पादनगर्ने लक्ष्य राखेको कुरा यहाँहरुलाई जानकारी गराउदछौं साथै उक्त लघु चलचित्रहरुलाई कार्यशालाको समापन कार्यक्रममा प्रदर्शन गर्ने तथा त्यस लगतै ति लघुचलचित्रहरुलाई काठमाडौमा पनि एक समारोहका वीच प्रदर्शन गर्ने र छानिएको उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्ने लक्ष्य राखेको यहाहरुलाई जानकारी गराउदछौं ।
कार्यक्रमलाई सफलतुल्याउनकानिम्ति स्थानीय तहबाट जिल्ला बिकास समिती लमजुङ, उद्योग बाणिज्य संघ, सम्पूर्ण लमजुङ बासीहरु, तथा घलेगाउँपर्यटन बिकास समिती लमजुङ घले गाँउतथा सम्पूर्ण लमजुङ बासीहरुले सांस्कृतिकझाकी, लोक संस्कृतिको प्रदर्शन र लमजुङ जिल्लाको ऐतिहासिक, सांस्कृतिक महत्व झल्काउने प्रस्तुतीहरुको साथमा व्यवस्थापनमा सहयोग पुर्यालउने प्रतिवद्धता जनाई सकेको समेत जानकारी गराउदछौं ।
उक्तकार्यक्रम सम्पन्नगर्न आम सञ्चारकर्मी, चलचित्रकर्मी, चलचित्र चिन्तक, विश्लेषक सबैको सकारात्मकएवं महत्वपूर्ण सुझावतथासहयोगको अपेक्षा यस समाजले गरेको छ ।
Note: Fees for participants
- Member of directors guild Nepal = RS. 2,000/-
- Regular particpants of previous workshop organized by FDGN = RS. 4,000/-
- New participants = RS. 5,000/-
0 comments:
Post a Comment