२०६९-०६-१३
फिल्मी अपडेट्,काठ्माण्डौ
चलचित्र "माई ब्रदर " प्राबिधिक कारणले गर्दा पूर्व निर्धारित मिति असोज १९ मा प्रदर्शन नहुने भएको छ ।
यसै गरि फरक धारको चलचित्र भनेर चिनिएको चलचित्र "माई ब्रदर " अब असोज २६ गते बाट मोफसलमा प्रदर्शनमा आउने भएको छ चलचित्र पुर्णरुपमा नेपाली धारको बनेको बताउँछन चलचित्रका निर्देशक बिष्णु भट्टराई ।
निर्मित्री शरु भट्टराईका अनुशार "चलचित्र "माई ब्रदर " काठ्माण्डौमा भने कहिले बाट प्रदर्शनमा आउँछ यस्को भने टुङ्गो लागेको छैन" ।

पारिवारिक र सस्पेन्स प्रेम कथालाई समाबेश गरिएको यस चलचित्र बाट सोयम नायक दिपक पाण्डे (लक्की दिपक ) ले पनि ठुलो आशा राखेका छन । र चलचित्र "माई ब्रदर " ले बुटवलमा आफ्नो च्यारिटी सोको पानी आयोजना गर्दैछ । स्थानिय युवा क्लबले आयोजाने गर्ने उक्त्त च्यारिटी सो बाट उठेको रकम अनाथ आश्रमलाई प्रधान गर्ने भएको छ ।
चलचित्र "माई ब्रदर "मा सुमिना घिमिरे, रमेश बुढाथोकी, बिमला गिरि , अन्जु थापाको साथमा नायक जीवन लुइँटेल लाइ पनि सशक्त रुपमा प्रस्तुत गराईएको छ ।
0 comments:
Post a Comment