२०६९-०५-२९
फिल्मी अपडेट , काठमाण्डौ
शरु भट्टराई र मैना देवी भण्डारीले सयुक्त रुपमा निर्माण् गरेको नेपाली कथानक चलचित्र "MY BROTHER" को डबिङ कार्य सकिएको छ ।
फरक धारको चलचित्र भनेर चिनिएको चलचित्र "MY BROTHER" असोज १९ गते देखि देश ब्यापी
रुपमा प्रदर्शनमा आउने भएको छ चलचित्र पुर्णरुपमा नेपाली धारको बनेको बताउँछन चलचित्रका निर्देशक बिष्णु भट्टराई ।
टि भि रियालिटी सो "को बन्छ कलाकार"का बिजेता लक्की दीपक को डेब्यु फिल्म भएकोले पनि यो चलचित्र सबैको पर्खाइमा रहेको छ ।
पारिवारिक र सस्पेन्स प्रेम कथालाई समाबेश गरिएको यस चलचित्र बाट सोयम नायक दिपक पाण्डे (लक्की दिपक ) ले पनि ठुलो आशा राखेका छन । फिल्मी अपडेट सँग कुरा गर्दै उनले भने "मेरो यो चलचित्र को पहिलो अनुभब हो र मैले पहिलो अनुभबमा नै धेरै दिने कोसिश गरेको छु र लाग्छ म पक्कै सफल हुने छु ।"
चलचित्र "MY BROTHER" मा सुमिना घिमिरे, रमेश बुढाथोकी, बिमला गिरि , अन्जु थापाको साथमा जीवन लुइँटेल
लाइ पनि सशक्त रुपमा प्रस्तुत गराईएको छ ।
"चलचित्र परिवार र बुद्धिजिबी बर्गको लागि निर्माण गरिएको हो" निर्देशक बिष्णु भट्टराई ।


0 comments:
Post a Comment