२०६९-०५-२०
फिल्मी अपडेट्
नेपाली कथानक चलचित्र ले हिजो राजाधानीमा आफ्नो प्रेस मिट सम्पन्न गर्यो । चलचित्र बारे जानकारी दिनको लागी आयोजन गरेको उक्त कार्यक्रममा चलचित्रकर्मी र पत्रकार लगायत अन्यको पनि आगमन रहेको थियो
युवा पुस्ता लक्षित गरी निर्माण गरिएको सो चलचित्र राजधानीका मल्टिप्लेक्स र सिंगल सहित १५ हलहरुमा र मोफसलका २ दर्जन हलहरुमा रिलिज हुनेछ । झरना थापाको प्रस्तुतीमा सुनिल कुमार थापाको निर्माण तथा सुरज सुब्बा ‘नाल्बो’को निर्देशनमा बनेको ‘Facebook’ सिंगापुर र नेपालमा छायांकन गरिएको छ

यसअघि कोरिया र अष्ट्रेलियामा प्रदर्शन भईसकेको ‘फकेबूक्’ प्रतिक्षित चलचित्र हो । स्वतन्त्र प्रताप शाह, झरना थापा, सुवास थापा, अनुराग मान सिंह कुँवर, विल्सन बिक्रम राई, राजेश हमाल, सुनिल थापा, मार्टिन खान, सुमन गैह्रे लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

सोही पत्रकार सम्मेलनमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै सानो उमेरको फोटोग्राफर रिजेन्र्े श्रेष्ठले ‘Facebook’ को अडियो गीतको सिडी विमोचन गरेका थिए भने उनैले उपस्थित चलचित्र ‘Facebook’का कलकारहरुलाई ‘Facebook’ लेखिएको ब्याच पनि लगै दिएका थिए ।

tasbir filmykhabar
0 comments:
Post a Comment